Logo

उरुग्वेद्धारा इजिप्ट एक शुन्यले पराजित, स्पेन र पोर्चुगलबीचको महाभिडन्त केहीबेरमा



असार १, काठमाण्डौ । विश्वकप फुटबल अन्तरगत आजको पहिलो खेलमा उरुग्वे विजयी भएको छ । समुह ए का इजिप्ट र उरुग्वेबीचको खेलमा उरुग्वे एक शुन्य गोल अन्तरले विजायी भएको हो । उरुग्वेका लाग जोसे गिमेनेजद्धार ९० औँ मिनेटमा गोल प्रहार भएको थियो ।

अब दोस्रो खेल समुह बिका मोरक्को र इरानबीच हुँदैछ । त्यसैगरी तेस्रो खेल पोर्चुगल र स्पेनबीच राती ११ पैँतालिस बजे सुरु हुनेछ । स्पेन र पोर्चुगलबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

फिफा विश्वकप फुटबल अन्तर्गतको समुह एका मोरक्को र इरानबीचको खेल केहीबेरमा सुरु हुँदैछ । यि दुवै टिम फुटबलका औसत मनिन्छन् । विश्वकपमा सम्झनलायक उपलब्धि हासिल गर्न नसकेको मोरक्को अफ्रिकार इरान एसियाली कोटाबाट विश्वकपमा छनौट भएका हुन् ।

फिफा बरियातामा मोरक्को ४१ औँ स्थानमा छ भने इरान ३७ औँ स्थानमा छ । पोर्चुगल र स्पेनबीच आज हुने तेस्रो खेलमा भिडन्त हुदैछ । यो खेल नेपाली समय अनुसार ११ ४५ मा हुनेछ । फिफा विश्वकपमा यो खेल बहुप्रतीक्षित खेल हो ।

स्पेनले अहिलेसम्म एक पटक विश्वकपको उपाधि जितेको छ भने पोर्चुगल सेमिफाइनलभन्दा माथि पुग्न सकेको छैन । उपाधिका दाबेदार मानिएका स्पेन र पोर्चुगलबीच प्रतिस्पर्धा हुदैछ । यस खेललाई स्पेनबाट खेल्न लागेका सर्जिओ रामोस र पोर्चुगलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो बीचको भिडन्तको रुपमा पनि हेरिएको छ ।

किनकी यी दुवै खेलाडीले व्यवसायिक फुटबल भने एउटै क्लब रियल म्याड्रिडबाट खेल्दै आएका छन् । क्लबबाट खेल्दा यी दुई निकै नजिकका मित्रहरू हुन् । स्पेनका रामोस ट्याकलका लागि निकै माहिर मानिन्छन् । जसले आजको खेलमा रोनाल्डोलाई खेलमा गोल गर्नबाट रोक्नुपर्ने छ । त्यस्तै रोनाल्डोले पनि रामोसबाट बचेर गोल गर्न पर्ने हुन्छ । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले पनि स्पेनलाई बलियो प्रतिस्पर्धीको रुपमा लिएका छन् । तर उत्कृष्ट खेल प्रस्तुत गर्दै स्पेनलाई जितेर तीन अंक बटुल्न पोर्चुगल सक्षम रहेको सान्तोसको दाबी छ ।

पोर्चुगल यसअघिको युरोकप विजेता हो भने स्पेन सन् २०१० को विश्वविजेता हो । पछिल्ला २० खेलमा अपराजित स्पेनको मनोबल उच्च छ । यता पोर्चुगल पनि क्रिष्टियानो रोनाल्डाको उपस्थितीमा उच्च मनोबलबा साथ मैदानमा उत्रनेछ । स्पेनलाई भने खेलको केही दिनअघि मात्रै प्रशिक्षक परिवर्तन गर्दा केही निराशा छ ।

विश्वकपका लागि लामो समयको पं्रशिक्षण आवश्यक पर्नेमा स्पेनलाई केही दिनअघिबाट मात्रै नयाँ प्रशिक्षक फर्नान्डो हिइरोले प्रशिक्षण दिइरहेका छन् । रियल स्टार रोनाल्डोले स्पेनविरुद्ध गोल गर्न नसकेकाले उनीमाथि थप मानसिक दबाब छ । करिअरका दुई ठूला प्रतियोगिताहरू विश्वकप २०१० र युरो २०१२ मा आमनेसामने भएका पोर्चुगल र स्पेन दुवैका लागि जारी विश्वकपको पहिलो खेल नै अर्थपूर्ण हुनेछ । अहिलेको फुटबल पुस्तामा चर्चित रहेका रोनाल्डोले आफ्नो उत्कृष्ट करिअरमा टिमलाई युरोकप २०१६ दिलाएपछि उनीमाथि पोर्चुगलले ठूलो आशा गरेको छ ।

विश्व फुटबलमा उपाधिविहीन रहेको पोर्चुगल अहिले रोनाल्डोकै बलमा स्वर्णिम युगमा छ । अझ रोनाल्डोको राम्रो फर्मले विश्वकप अभियानमा सफलता पाउनुपर्ने चुनौती पोर्चुगललाई छ । तर, पहिलो खेल नै उसको अघिल्लो चरणको यात्राका लागि सुरुवाती कदम हुने भएकाले उद्घाटन खेलमा नै जित निकाल्नु पहिलो चुनौती हो ।

यसअघि भएका ६ भेटमा स्पेनले ३ खेल आफ्नो पक्षमा पारेको छ भने २ मा पोर्चुगल बिजयी भएको छ । एक खेल बराबरीमा टुंगीएको थियो । यसअघिका ६ सहभागीतामध्ये २ पटक सेमिफाईनलको अनुभव लिएको पोर्चुगल एक कदम अघि बढ्दै ईतिहास रच्ने दाउमा छ । एक पटकको बिश्वबिजेता स्पेनलाई भने १५ औ सहभागीतामा उपाधिको दाबेदारको रुपमा समेत हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्