Logo

स्पेन भर्सेस पोर्चुगल : पहिलो हाफमा पोर्चुगल २-१ ले अगाडी



काठमाडौं, २ असार। विश्व फुटबलको बुहप्रतिक्षित स्पेन र पोर्चुगलबीच जारी भिडन्तमा रोनाल्डोले दोस्रो गोल गर्दै पोर्चुगललाई फेरि अग्रता दिलाएका छन् ।

उनले पहिलो हाफको ४४ औं मिनेटमा उतकृष्ट गोल गरेका हुन्। स्पेनका डि जियाको गल्तीमा रोनाल्डोले दोस्रो गोल गर्ने अवसर पाएका थिए। खेलको सुरुआतमै पोचुर्गलले १-० को अग्रता लिएको थियो।

तीन मिनेटमा पाएको पेनाल्टी अवसरलाई पोचुर्गलका रोनाल्डोले गोलमा परिणत गरेका थिए। रोनाल्डोलाई स्पेनका न्याचोले डि-एरियाभित्र फउल हानेपछि पेनाल्टी पाएका हुन्। दुवै रियल म्याड्रिडमा सँगै खेल्छन्।

खेलको २४ औं मिनेटमा स्पेनका डिएगो कोष्टाले उत्कृष्ठ गोल गर्दै स्पेनलाई बराबरीमा पुर्याएका थिए। ग्रुप ‘बी’ को यस भिडन्तलाई समूह चरणकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल मानिएको छ।

दुई टोली हालसम्म ३५ पटक एकअर्कासँग भिडेका छन् जसमा स्पेनले १६ खेल जितेको छ भने पोर्चुगलले केबल ६ खेलमात्र आफ्नो पक्षमा राखेको छ। त्यसैले पनि पोर्चुगलमाथि जीतको आँकडा थप्ने दबाब छ भने स्पेनलाई जीतको संख्या थप्ने चुनौती छ।

 



प्रतिक्रिया दिनुहोस्