Logo

राजेन्द्र महतोको जिकिर : अब हामी सरकारमा जाँदैनौं



सिरहा, २ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले तत्काल आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् ।

उनले संविधान संशोधन नभएसम्म आफ्नो दल सरकारमा जाने कुनै सम्भव नरहेको बताएका छन्। सिरहाको चोहर्वामा आज बिहान आयोजित कार्यकर्ता भेटघाटमा महतोले यस्तो बताएका हुन् ।

संविधान संशोधन, नेता कार्यकर्तामाथि लगाइएको झुटो मुद्दा फिर्ता र रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म सरकारमा नजाने उनको जिकिर थियो ।



प्रतिक्रिया दिनुहोस्