Logo

नेपाललाई स्वास्थ्य उपचार केन्द्र बनाउन प्रशस्त सम्भावना छ : डा. महतो



ललितपुर, २ असार । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाललाई स्वास्थ्य उपचारको केन्द्र बनाउने प्रशस्त सम्भावना रहेको बताउनुभएको छ ।

ललितपुरस्थित् नेपाल मेडिसिटिमा नेपाल युरोलोजी विशेषज्ञ चिकित्सक संघ (एन यु ए एस)ले आयोजना गरेको प्रोष्टेट बायोप्सी विषयक एकदिने विशेष अन्तरक्रियामा बोल्दै डा. महतोले नेपाल विशेष रुपमा स्वास्थ्य उपचार गर्ने केन्द्र बन्ने प्रशस्त सम्भावना रहको बताउनुभएको हो ।

उहाँले स्वास्थ्य क्षेत्रसंग प्रत्यक्ष–अप्रत्यक्ष सरोकार राख्ने सबैलाई एकसाथ अघि बढ्न आह्वान गर्नुभएको हो । प्रोष्टेट रोगका बिरामीहरको पहिचान र उपचारसंख्या बढ्दै गइरहेको अवस्थामा एन यु ए एसले प्रोष्टेट बायेप्सी विषयक अन्तरक्रियाको आयोजना गरेको हो ।

नेशनल युनिभर्सिटी अस्पताल सिंगापुरका डा. लिंकन तान गुआन लिम मुख्य अन्तराष्ट्रिय वक्ता रहनुभएको सो कार्यक्रममा विभिन्न शिर्षकमा नेपालबाट विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको थियो ।

नेपालका तर्फबाट डा. राम कुमार घिमिरे, डा. महेश बहादुर अधिकारी, डा. उमेश नेपाल, डा. ममता लाखे, डा. रबिन जोशी, र डा. मनिश प्रधान राष्ट्रिय प्रतिनििधका रुपमा रहनुभएको थियो ।

सो अन्तरक्रियामा सहभागी भएका झण्डै २० अस्पतालका विशेषज्ञ चिकित्सकहरुले कार्यक्रमले स्वास्थ्य क्षेत्र र प्रोष्टेट उपचारकालागि अर्थपुर्णमात्र नभइ फलदायि समेत हुने प्रतिक्रिया दिएका छन् ।

नेपालमै अन्तराष्ट्रिय उपचार सम्भव भएको र सो बारेमा जनचेतना अभिवृद्धि आवश्यक रहेको उहाँहरुको प्रतिक्रिया छ ।



प्रतिक्रिया दिनुहोस्