Logo

नेपाल, पोखरेल र नेम्वाङलाई कार्यबाहकको जिम्मेवारी



असार ५, काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुवै विदेश भ्रमण भएकाले तीन जना नेतालाई कार्यबाहक जिम्मेवारी दिइएको छ ।

अध्यक्ष ओलीले चीन भ्रमणमा निस्कनुअघि नेकपाको कार्यवाहक अध्यक्ष बरिष्ठ नेता माधवकुमार नेपाल, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी उपनेता सुवास नेम्वाङलाई दिएका हुन् ।

अर्का अध्यक्ष प्रचण्ड पनि नभएकाले पार्टीमा ओली र प्रचण्डपछि तेस्रो बरियतामा रहेका बरिष्ठ नेता नेपाललाई कार्यवाहक अध्यक्ष बनाइएको हो । प्रचण्ड पत्नी सीता दाहालको उपचारका सिलसिलामा सिंगापुरमा छन् ।

कार्यवाहक अध्यक्ष नेपालले दुवै अध्यक्ष नभएको बेला पार्टी सन्चालनको नेतृत्व गर्नेछन् भने कार्यवाहक प्रधानमन्त्रीले प्रधानमन्त्रीको अनुपस्थितमा सरकार सन्चालन गर्नेछन् । संसदीय दलका कार्यवाहक नेता नेम्वाङले संसदीय फाँटका गतिबिधिको नेतृत्व गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्