Logo

त्रिविमा मौसमी वेलुन (रेडियोसण्ड) उडाउने



काठमाडौं, असार ५ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र नेपाल सरकार जल तथा मौसम विभागको संयुक्त प्रयासमा मौसमी बेलुन (रेडियोसोण्ड) उडाउने तयारी गरिएको छ ।

मौसमी वेलुन(रेडियोसोण्ड)ले माथिल्लो वायुमण्डलका विभिन्न उचाई र तहहरु वायुमण्डलीय सूचकहरु चाप,तापक्रम,सापेक्षित आद्रता,वायुको दिशा र गति लगायतका मौसमी तथ्याङ्क संकलन गरी रेडियो उपकरण मार्फत जमिनमा रहेको रिसिभरमा पठाउछ ।

तयारी कार्यक्रमलाई सम्वोधन गर्दै त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले रेडियोसेण्डको उडानले नेपालको मौसम पूर्वानुमानको अवस्थालाई थप बैज्ञानिक एवं तथ्यगत बनाउने र जलतथा मौसम विज्ञानको उच्चशिक्षामा हुने अनुसन्धानलाई थप मद्दत पुग्ने जानकारी गराउनुभयो ।

यसैगरी जलतथा मौसम विभागका महादिर्नेशक डा.ऋषिराम शर्माले मौसमपूर्वानुमानलाई थप व्यवस्थित एवं सत्यपरक बनाउने नेपाल सरकारले जर्मन प्रविधिको सहयोगमा रेडियोसेण्ड उडायने तयारी गरेको बताउनुभयो । रेडियासेण्डको प्रविधि खर्चिलो हुने भएकोले विगत लामोसमय सम्म गरिएको प्रयत्न हाल आएर कार्यान्वयनमा अघि वढेको समेत उहाँले जानकारी दिनुभयो । हाल त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागवाट हुने रेडियोसेण्डको उडान क्रमशः नेपालगञ्ज र विराटनगरबाट पनि सञ्चान गर्ने योजना रहेको समेत रहेको छ ।

रेडियोसेण्ड उडानको वारेमा जानकारी गराउदै त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख प्रा.डा.दिपक अर्यालले रेडियोसेण्डको प्रयोगले मुलुकको मौसमपूर्वानुमान एवं प्राज्ञिक अनुसन्धान दुवैमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । सरकार र त्रिवि दुवै निकायको समन्वयमा कार्यक्रम अघि वढेको र यसले केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीलाई मौसमपूर्वानुमानका सम्वन्धमा थप जानकारहुन र अध्ययन/अनुसन्धान गर्न हौसला मिल्लने जलतथा मौसम विज्ञान केन्द्रीय विभागका सह–प्रा.डा.विनोद दवाडीले जानकारी गरानुभयो ।



प्रतिक्रिया दिनुहोस्