Logo

विश्वकप फुटबल : जापानद्धारा कोलम्बिया २-१ ले पराजित



काठमाडौं, ५ असार। रसियामा जारी विश्वकप फुटबलको समहू ‘एच’ को पहिलो खेलमा जापानले कोलम्बियालाई २-१ ले हराएको छ । जापानका लागि खेलको छैठौं मिनेटमा स्निजी कागावाले पेनाल्टीमा गोल गरेर अग्रता दिलाएका थिए ।

१० खेलाडीमा सीमित भएको कोलम्बियाका लागि खेलको ३१ औं मिनेटमा जुआन फर्नान्डो क्विन्टेरोले बराबरी गोल फर्काए । जापानका लागि युया ओसाकाले खेलको ७३ औं मिनेटमा विजयी गोल गरे । कोलम्बियाका कार्लोस सान्चेज खेलको तेस्रो मिनेटमै रातो कार्ड पाएर बाहिरिएका थिए ।

जापानी फरवार्ड ओसाकाको प्रहार कोलम्बियाका गोलरक्षकले रोकेका थिए ।  तर, बाउन्स बलमा कागावाको प्रहार कार्लोस सान्चेजले पेनाल्टी एरियामा हातले रोक्न पुगे । त्यससँगै पाएको पेनाल्टी सदुपयोग गर्दै जापानका कागावाले अग्रता दिलाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्