Logo

गैर कानुनी कामलाई प्रोत्साहन गर्दै प्रहरी निरीक्षक दिवस बहादुर जिसी



असार ६, काठमाण्डौ । ईलाका प्रहरी कार्यालय गैंडाकोटका बदनाम भएका प्रहरी नायब निरीक्षक देवराज शर्मालाई जिल्ला तानिएको छन् । उनको विषयमा गुनासो आउन थालेपछि चार नम्बर प्रदेशले उनलाई शुक्रबार मात्रै जिल्लामा तानेको हो ।

गैंंडाकोटका हवल्दार दर्जाका एक प्रहरीका अनुसार शर्माले आफ्नै सहकर्मीहरुलाई पनि अनावश्यक तनाब दिने गरेका थिए ।

उनले गरेका गलत कामका बारेमा संचारमाध्यमबाट सार्वजनिक भएपछि प्रेस काउन्सिलमा मेरो मान्छे छ भन्दै धम्की दिने गरेको उनकै सहकर्मीहरु बताउँछन् ।

उनलाई जिल्लामा सरुवा गरेपछि सहज भएको भन्दै अरु प्रहरीहरुले खुशी व्यक्त गरेका छन् ।

सरुवा गरिएका शर्माकै सिफारिसमा एक प्रहरी जवानलाई समेत कार्वाही भएको थियो ।

बिना ठोस प्रमाण शर्माको लहैलहैमा लागेर प्रहरी निरीक्षक दिवस बहादुर जिसीले एक जवानलाई कारबाही गरेका थिए ।

शर्मालाई सरुवा गरेसँगै अब दिवस बहादुर जिसीलाईसमेत कारबाही गर्नुपर्ने माग उठेको सँगै कार्यरत प्रहरीहरु बताउँछन् ।

“आफ्नो पदको दुरुपयोग गर्दै हिंड्नु भएको छ । एसपीको घमण्ड देखाउदै हिंड्ने प्रहरी निरीक्षकलाई समेत अब सचेत गराउनुपर्छ ।” ती प्रहरी भन्छन् ।

पटक पटक लामो समयदेखि काज गराई दुई नम्बरी गतिविधिलाई पुर्णतः संरक्षण गराउदै आएका शर्माको बिषयमा अहिलेसम्म पाँच वटा निकायमा उजुरी परिसकेको छ ।

स्रोतका अनुसार उनी विरुद्धमा संघीय प्रहरी इकाई कार्यालय गण्डकी, गृह मन्त्रालय, प्रहरी मुख्यालय र चार नम्बर प्रदेश हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्म उजुरीको ठेली परिसकेको स्रोत उल्लेख गर्छ । यस बिषयमा प्रहरी मुख्यालय र गृह मन्त्रालयमा समेत उजुरी परिसकेको छ ।

शर्माको गैर कानुनी कामलाई प्रहरी निरीक्षक दिवस बहादुर जिसीले प्रोत्साहन गर्ने गरेकोसमेत आरोप लागेको छ ।

आइतबार मात्रै पुनः शर्माले प्रहरी जवान बिरेन्द्र लामालाई परिचालन गरेर अशुली धन्दालाई तीव्रता पारेको गुनसो आएको थियो । शर्माको कामलाई प्रहरी निरीक्षक दिवस बहादुर जिसीले सहयोग गरेको दाबी गरिएको छ ।

कार्यालयकै प्रहरी निरीक्षक दिवश जिसिले संरक्षण गर्ने गरेकोले सई शर्मा र जवान लामामाथि प्रहरी मुख्यालयमै तानी आवश्यक अनुसन्धान हुनुपर्ने ब्यहोरा सहितको उजुरी परेको खुल्नमा आएको छ ।

पाँच निकायमा उजुरी परिसकेको बदनाम प्रहरी अधिकृतमाथि छानबिन प्रक्रियामै रहेको अवस्थामा समेत एउटा इमान्दार, कर्तव्यनिष्ठ प्रहरी अधिकृत प्रहरी निरीक्षक दिवश जिसीले काखी च्याप्नुको कारण भने अझै रहस्यमय बन्न पुगेको छ ।

ईलाका प्रहरी कार्यालय अमानीगंज नवलपरासी दरबन्दी भई सोही कार्यालयमा काज खटिएका प्रहरी नायब निरीक्षक देवराज शर्मा र प्रहरी निरीक्षक दिवेश जिसीका कारण लामाको अशुली धन्दाले निरन्तरता पाउदै आएको थियो ।

इमान्दार प्रहरी अधिकृत रूपमा मानिएका प्रहरी निरीक्षक जिसी समेत बिवादास्पद प्रहरीद्वय शर्मा र जवान लामाकै कारण बदनाम हुँदै गएका छन् ।

कार्यालयकै प्रहरी प्रमुख जिसीले नै अरुको कुरा सुन्ने र बदनाम प्रहरीलाई मात्रै काखी च्याप्ने, दरबन्दीमा पठाउन आलटाल गर्नुका साथै, अनुसन्धान एवं प्रमाण बिना नै शक्ति र पदको दुरुपयोग गर्दै नियमावली बिपरित अघि बढ्दै हिंड्ने गर्दा शर्मा र लामाको असुली धन्दाले प्रश्रय पाउदै गएका छन् ।



प्रतिक्रिया दिनुहोस्