Logo

प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध समधुर हुन्छ : सांसद केसी



शरद रेग्मी : दाङ ६ असार । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले प्रधानमन्त्री केपी शर्मा वलीको चिन भ्रमणले दुई देश विचको सम्वन्ध प्रगाढहुने बताए ।

रिपोर्टर्स क्लब दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा केसीले ‘प्रधामन्त्रीको चिण भ्रमण सफल हुनेछ, यो भ्रमणले नेपाललाई धेरै फाईदा हुनेछ, चाहेत्यो विकाश निर्माण होस वा अन्य सहयोग केसीले भने ।

बिगतमा पुरानो ढंगबाट बजेट आएको भन्दै अहिले नयाँ ढंगबाट बजेट आएको बताए । अहिले बजेटका बारेमा नराम्रा टिकाटिप्पनी गर्ने गरेको भएपनि उक्त बजेटले तीन बर्षमा सकारात्मक प्रभाब पार्ने बताए । ‘अहिलेको बजेट नयाँ ढाँचाबाट आएको छ’उनले भने‘ उक्त बजेटले तीन बर्षमा सकारात्मक प्रभाब पार्छ ।

क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद केसीले पश्चिम दाङको विकाशमा आफु कटिवद्ध रहेको बताएकाछन् । साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । केसीले क्षेत्र नं ३ मा सडक, विद्युत सिँचाई सुविधा पु¥याउन आफनो पहल जारी रहेको बताए ।

उनले यस पटकको वजेट सुधारात्म ढंगले आएको भन्दै देश संमृद्धिको बाटोमा अगाडि बढने बताए । उनले तुलसीपुरमा हरेको विमान स्थलको स्तरोन्नति हुने भन्दै त्यसलाई आन्तरीक उडानका लागि विकाश गर्ने बताए । उनले दाङको अन्य स्थानमा अन्तराष्ट्रिय विमान निर्माण गर्नुपर्ने र यस विमान स्थलको स्तरवृद्धि गरी नियमीत उडानका लागि पहल हुने बताए ।

‘यहाँकोे एरपोर्टको विकल्पमा अन्य स्थानमा एरपोर्ट बनाउन लागेको भन्ने भरम मात्र हो, यसैलाई स्तरोन्नति गरी आन्तरिक उडान हुने बनाउनुपर्छ –सांसद केसीले भने । त्यसैगरी केसीले तुलसीपुरका सवै कार्यालय संस्थाहरु अनेत्र जानलागेको भन्ने कुरा निराधार भएको बताए । उनले अहिले त्यस्तो कुनै कुरा नहुने स्पष्ट पारे ।

उनले अव देशको विकाश गरी एक घर एक रोजगारको अवसर सरकारले दिने बताए । चुनावको समयमा सुकुम्वासीहरुलाई लालपूर्जा दिने प्रतिवद्धता पनि पुरा हुने उनले बताए ।

‘अव हामीहरु सवै कानुन निर्माणका लागि लागेका छौ, कानुन निर्माण भएपछि हामीहरुले चुनावमा बोलेका कुराहरु पुरा गर्ने छौं’–उनले भने । त्यसैगरी केसीले तुलसीपुर उपमहानगरपालिका, गाउँपालिका संग सहकार्यगरी फोरल्याडको बाटो निर्माण गर्ने पनि बताए । कार्यक्रमको सहजिकरण सचिव विमल गौतमले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्