काठमाडौं, ७ असार। जारी विश्वकपको अघिल्लो खेलमा पोर्चुगलसँग ३–३ को बराबरी खेलेको स्पेनले बुधबार राति भएको खेलमा इरानमाथि जित हासिल गरेको छ ।
समूह बी अन्तर्गतको खेलमा स्पेनका लागि डिएगो कोस्टाले निर्णायक गोल गरेका हुन् । खेलको ५४ औं मिनेटमा उनले गरेको एकमात्र गोल निर्णायक बन्यो ।
सम्बन्धित समाचार :
स्पेन र पोर्चुगल : ३-३ को बराबरी, रोनाल्डोको ह्याट्रिक
स्पेन भर्सेस पोर्चुगल : पहिलो हाफमा पोर्चुगल २-१ ले अगाडी
कोस्टाले पोर्चुगलविरुद्धको खेलमा व्यक्तिगत दुई गोल गरेका थिए । समग्रमा उनले जारी विश्वकपमा व्यक्तिगत गोल संख्या ३ पु¥याएका छन् ।
समूह बीमा दुई खेल खेलेको स्पेन र पोर्चुगल क्रमशः पहिलो र दोस्रो नम्बरमा छन् । दुवैले एक जित र एक बराबरी नतिजाका साथ नक आउट चरणमा प्रवेशको सम्भावना कायम राखेका छन् । एजेन्सीको सहयोगमा