Logo

आर्याले जितिन मिस एसईई अफ द इयरको उपाधि



काठमाडौं, ७ असार । रिवन ईन्टरटेनमेन्टद्वारा राजधानीमा एसईइका विद्यार्थी किशोरीकाबीच भव्यताका साथ सम्पन्न सौन्दर्य तथा प्रतिभामुलक प्रतियोगिता मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८ मा अर्पण राईले मिष्टर एसईइ अफ द इयरका साथमा भ्यूवर्स च्वाइस र मष्ट टयालेण्ट तथा आर्या पुडासैनिले मिस एसईई अफ द इयरका साथमा मष्ट क्रियटिभको उपाधि जितेका छन्।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिष्टर एसईइ अफ द इयरमा अदिक कार्की फस्ट रनर्सअप तथा बेष्ट ¥यापवाक र मस्ट हेन्डसम तथा अनुराग कार्की सेकेण्ड रनर्सअपका साथमा मष्ट पपुलर र बेष्ट सिंगरको विजेता भएका छन्। त्यसै गरी प्रशान्त भण्डारी मष्ट पे्रmण्डली, सुजन खुलाल मष्ट डिसिप्लिन, नयन मगर मष्ट एक्टिभ, कुमोद कार्तियन बडु फेसबुक च्वाईस र मष्ट फोटोजेनिक, उत्सब खतिवडा बेस्ट डान्सर, बिनम्र राउत बेष्ट पर्सनालिटि, कञ्चन खत्री बेष्ट फिजिक, सोनम खड्का मेनेजमेन्ट च्वाईस, सन्दिप श्रेष्ठ मस्ट डिजर्भिङ, प्रनिस मगराती सोसल वेलफेएर ऐम्बेस्डर, आशिष श्रेष्ठ युथ विथ रेस्पोन्सबिलिटी र मेलिन राज पन्त मष्ट क्रियटिभभ भएका छन्।

त्यसैगरी मिस एसइई अफ द इयरतर्पm मुनस्टोन आचार्य फस्ट रनर्सअपका साथमा बेष्ट स्किन, अपेक्षा लुईटेल सेकेण्ड रनर्सअपका साथमा बेष्ट स्पिच, नेहा केसी थर्ड रनर्सअपका साथमा मिस टयालेण्ट तथा सबिना शर्मा मष्ट पपुलरका साथमा फेसबुक च्वाइस र बेष्ट पर्सनालिटी भएका छन्।

त्यसैगरी आराध्या साह बेष्ट हेयर, स्वतिका न्यौपाने मष्ट फ्रेण्डली र मष्ट चार्मिङ, अनिषा थापा मष्ट डिसीप्लेन, प्रिया न्यौपाने मष्ट फोटोजेनिक र वेष्ट वाक, सृजा खरेल बेष्ट डान्सर, आरति सिंह ब्युटि विथ पर्पस, सलिसा श्रेष्ठ भ्यूअर च्वाईस, विनिषा शर्मा बेष्ट स्माइल, रितिका खड्का बेष्ट फिजिक, आश्मा थपलिया फेसन आइकन, ईशा कर्ण सोसल वेलफेर एम्बेस्डर र चन्दा श्रेष्ठ बेष्ट सिंगर भएका छन्।

श्रद्धा खरेलको कार्यक्रम संयोजन तथा अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको प्रतियोगितामा गायक, संगीतकार तथा अभिनेता एसकुमार, गायक तथा गीतकार सिताराम पोखरेल, अभिनेता विष्णु रिजाल, मिसेस नेपाल इन्टरनेशनल २०१८ सुरुची पाण्डे, संगीतकर्मी तथा अध्यापक सरोज प्याकुरेल र शिक्षासेवी पंकज जलन निर्णायक रहेका थिए।

कार्यक्रममा गायक ध्रुव विस्कोले गीत संगीत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए। आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले एसईइ दिएर परिणामको पर्खाईमा बसिरहेका विद्यार्थी किशोरकिशोरीको प्रतिभा प्रष्फुटन तथा व्यक्तित्व र आत्मविश्वास विकासका लागि प्रतियोगिता आयोजना गरेको बताए।



प्रतिक्रिया दिनुहोस्