Logo

दबाबमा अर्जेन्टिना, मेसीलाई क्रोएसियाको चुनौति



असार ७, काठमाण्डौ । आज हुने मध्येको एक खेल अर्जेन्टिना र क्रोएसियाबीचको खेल निकै महत्वपूर्ण छ । रसियाको निज्नी नोभगोरोड रंगशालामा राति पौने १२ बजे अर्जेन्टिना र क्रोएसिया आमने सामने हुनेछन् ।

अर्जेन्टिना दुई पटकको विश्वकप विजेता हो । वर्तमान समयका उत्कृष्ट खेलाडी लियोनल मेसी भएको टिम भएकाले पनि यसपटक अर्जेन्टिनालाई उपाधिको दाबेदारको रुपमा हेरिएको छ । तर पहिलो खेलमा डेब्यु टोली आइसल्याण्डसँग बराबरी खेलेपछि अर्जेन्टिना दबाबमा छ ।

पहिलो खेलमा कप्तान समेत रहेका मेसी स्वयंमले गोल गर्न सकेनन्, पेनाल्टीसमेत मिस गरे र अंक बाँड्न बाध्य भयो । आइसल्याण्डसँगको बराबरीले अर्जेन्टिनालाई क्रोएसियाविरुद्धको दोस्रो खेल जित्नैपर्ने बाध्यता छ । बराबरी र पराजयले अर्को चरण प्रवेश गर्ने सम्भावनामा धक्का लाग्न सक्छ ।

पहिलो खेलमा मेसीले पेनाल्टीसहित ११ सट आइसल्याण्डको पोष्टमा प्रहार गरे पनि गोल गर्न सकेनन् । त्यसमध्ये मेसीमाथि पनि गोल गर्नुपर्ने दबाब छ ।

उता पहिलो खेलमा नाइजेरियालाई पराजित गरेको क्रोएसिया अर्जेन्टिनाविरुद्ध जित हात पारे एक खेलअघि नै अन्तिम १६ मा पुग्नेछ । त्यसैले पनि यी दुइबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।
अर्जेन्टिना र क्रोसिया यसअघि चारपटक आमनेसामने भएकोमा अर्जेन्टिनाले २ तथा क्रोएसियाले १ खेल जितेको थियो भने एक खेल बराबरीमा सकिएको थियो ।

विश्वकपमा भने यी दुई टोली एकपटक मात्र भिडेका छन् । सन् १९९८ मा भएको खेलमा अर्जेन्टिनाले क्रोएसियालाई १–० ले पराजित गरेको थियो । अर्जेन्टिनाले पछिल्लो पटक सन् १९७४ को विश्वकपमा समूह चरणको दुई खेल जित्न असफल भएको थियो ।

यस्तै क्रोएसियाले समूह चरणको दोस्रो खेलमा हार बेहोरेको छैन । उसले ४ मध्ये ३ खेल जितेको छ भने १ खेल बराबरी गरेको छ ।२०१४ को विश्वकपमा अर्जेन्टिना उपाधिको मुखमा पुगरे पनि निराश हुनुपरेको थियो । फाइनलमा अर्जेन्टिनालाई जर्मनीले एक शुन्य गोलल पराजित गर्दे स्तब्ध पारेको थियो ।

विश्वकप फुटबल अन्तर्गत गएराति भएका खेलमा स्पेन, युरुग्वे र पोर्चुगल विजयी भएका छन् ।सन् २०१० को विश्वविजेता स्पेनले इरानलाई १—० ले पराजित गरेको छ ।

स्पेनका लागि डिएगो कोस्टाले गरेको गोल निर्णायक बन्यो । गयरातिनै सम्पन्न अर्को खेलमा उरुग्वेले साउदी अरेबियालाई १—० ले पराजित गरेको छ ।

साउदी अरेबियाविरुद्ध लुइस स्वारेजले निर्णाय गोल गरेका हुन । जितसँगै उरुग्वे दोस्रो चरणमा आफ्नो स्थान पक्का गरेको छ भने साउदी अरेबिया समूह चरणबाट बाहिरिएको छ ।

लगातार दोस्रो जित निकालेको आयोजक राष्ट्र रुसले पनि अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको गरिसकेको छ । गयरातिनै भएको अर्को खेलमा पोर्चुगलले मोरक्कोलाई १—० ले पराजित गरेको छ ।

पराजयसँगै मोरक्को पनि विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ । पोर्चुगलका लागि उसका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले निर्णायक गोल गरे ।

विश्वकप फुटबल अन्र्तगत आज पनि खेल ३ हुदै छन् । पहिलो खेलमा समूह सी मा रहेका डेनमार्क र अष्ट्रेलियाबीच समारा एरिना रंगशालामा नेपाली समयअनुसार साँझ पौनै ६ बजे प्रतिस्पर्धा हुँदैछ ।

दोस्रो खेलमा राति पौनैं ९ बजे समूह सी कै फ्रान्स र पेरू भिड्ने छन् । यो खेल इकाटेरिनबर्ग एरिना रंगशालामा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्