Logo

लज्जास्पद हारसँगै संकटमा अर्जेन्टिना, यस्तो छ अघिल्लो चरणमा पुग्ने सम्भावना



असार ८, काठमाण्डौ । विश्वकप फुटबलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले आफ्नो दोख्रो खेलमा पराजय बेहारेको छ ।

पहिलो खेलमा बराबरीमा रोकिएर दबाबमा परेको अर्जेन्टिनाले दोस्रो खेलमा क्रोएसियासँग लज्जास्पद हार व्यहोरेसँगै प्रतियोगितामा समुह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

क्रोएसिया भने समूह डीबाट नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ ।

बिहीबार भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले पराजित गरेको हो ।

लिओनल मेस्सीको आफ्नो टिमको उद्दार गर्ने अपेक्षा गरिए पनि उनको जादु चल्न सकेन ।

अर्जेन्टिनाले तीन गोल खाए पनि पहिलो गोल भने गोलकिपर बिली क्याबलेराको गल्तीका कारण भएको थियो ।
उनको गल्तीमा क्रोएसियाका एन्टे रेबिकले सुरुवाति गोल गरेका थिए ।

दोसो हाफमा क्रोएसिया केही डिफेन्सिभ थियो । तर, पाएको मौकालाई सदुपयोग गर्यो । लुका मोडरिकले ८० औं मिनेटमा गोल गरे ।

क्रोएसियाको जित पक्का भइसकेको थियो तर, इन्जुरी टाइममा इभान राकिटिकले गोल थप्दै अर्जे्न्टिनाका लागि विर्सनलायक साँझ बनाइदिए ।

अब अर्जेन्टिनाको विश्वकपको यात्रा अरु टिमको खेलमा भर परेको छ ।
पहिलोे खेलमा आइसल्याण्डसँग १–१ को बराबरी खेलेको उसको १ अंक मात्र छ र समूह चरणको अन्तिम खेलमा नाइजेरियासँग खेल्नेछ ।

तर, यदि भोलि आइसल्याण्डले नाइजेरियालाई हरायो भने अन्तिम खेलमा क्रोएसियासँग बराबरी खेल्दा नकआउट चरणमा पुग्छ ।



प्रतिक्रिया दिनुहोस्