असार ८, काठमाण्डौ । विश्वकप फुटबल अन्तरगत भर्खरै सम्पन्न खेलमा ब्राजिलले कोस्टारिकालाई पराजित गरेको छ ।
पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको विश्वकप दाबेदार मानिएको ब्राजिलले खेलको अतिरिक्त समयमा गोल हानेर जितेको हो । ब्राजिलका लागि ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हु्न् ।
सम्बन्धित समाचार :
अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो ब्राजिल
राजुकाजीको समर्थन ब्राजिललाई, नेयमार, मेस्सी र रोनाल्डो मनपर्छ
ब्राजिलले विश्वकप जित्ने विश्वास छैन : पेले
ब्राजिलले प्रहार गरेका २० सटमा ९ सट पोस्टको दिशामा थिए । अन्तिम सयमसम्म कोस्टारिकाका गोलकिपर केलर नभासले उत्कृष्ट बचाउ गरेपनि कोउटिन्होलाई रोक्न सकेनन् । खेलमा ७१ प्रतिशत समय बल ब्राजिलको नियन्त्रणमा थियो ।
कोस्टारिकाले केही राम्रा मुभ बनाए पनि एउटै राम्रो सट प्रहार गर्न भने सकेन । कोष्टारिकाले पहिलो खेलमा सर्वियासँग पराजित भएको थियो ।