Logo

मन्त्री रविन्द्र अधिकारीले सार्वभौम संसदलाई किन ढाँटे ?



काठमाडौं, ८ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले सार्वभौम संसदलाई ढाँटेको खुलासा भएको छ । मन्त्री अधिकारीले आजको व्यवस्थापिका संसद बैठकमा बोल्दै नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको दाबी गरेका थिए ।

तर उनले सांसदलहरुलाई नै गुमराहमा पारेको पुष्टि भएको छ। मन्त्री अधिकारीले अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताएपनि नेपाल सन् २०१७ मै आईकाओको गम्भिर सुरक्षा चासोको सुचिबाट हटिसकेको थियो ।

कालो सूचिबाट एक वर्ष अघि नै हटिसकेको विषयमा मन्त्री अधिकारीले व्यक्तिगत क्रेडिट लिनकोलागि सार्वभौम संसदलाई नै बेवकुफ बनाउने प्रयास गरेका छन् ।

आईकाओको कालो सुचिबाट हटेपनि नेपाल अझैपनि यूरोपियन युनियनको कालो सूचिबाट भने हट्न सकेको छैन् । उक्त कालोसूचिबाट हटाउनको लागि ईयुले शर्त तोकेको छ। त्यो शर्त पूरा गर्नको लागि पनि नेपाल सरकारको तर्फबाट एक वर्ष अघिदेखि नै प्रयास जारी छ ।



प्रतिक्रिया दिनुहोस्