काठमाडौं, ८ असार । यदि पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले तपाईलाई आफ्नो घरमा खाना खानाको लागि बोलाउनुभयो भने के तपाई उनलाई हुँदैन भन्न सक्नुहुन्छ ? सम्भवतः तपाईले हुँदैन भन्न सक्नु नै हँुदैन ।
तर रोनाल्डोको साथमा पहिलै मेनचेस्टर युनाईटेड क्लबको तर्फबाट खेल खेलीसकेका पैट्रिस एवराको सल्लाहलाई मान्ने हो भने तपाई रोनाल्डोलाई हुँदैन भनेर भन्दा तपाईले सही निर्णय लिनुहुनेछ । यो निर्णयबाट तपाईलाई पश्चताप हुनेछैन । रोनाल्डोका नजिकका साथिका रुपमा चिनिएका एवरा भन्छन यदि तपाईलार्ई आफ्नो घरमा खानाकोे निम्तो दिएका छन भने म यो सल्लाह दिन चाहान्छु कि तपाई नजानुहोस ।
यी फ्रेन्च खेलाडीले आफ््नो कथा सुनाउदै भने ‘रोनाल्डोले मलाई पनि उनको घरमा खाना खानको निम्ता दिएका थिए । म मेरो स्टार साथिको घरमा उनको निम्ता स्विकार गर्न पुगे र टेवलमा हेर्दा उनले सादा कुखुराको मासु र थोरै सलादमात्र राखेका थिए । पीउनलाई जुसपनि थिएन सादा पानी मात्र थियो ।’
म खेलको अभ्यास सकेर उनकोमा खाना खान गएको थिएँ र धेरै नै थाकेको पनि थिएँ । एवरा अगाडी भन्छन‘हामीले खाना खान सुरु गरें, मलाई लाग्यो कि सायद मासु एकछिनमा आउन्छ होला तर यस्तो कुनै छाटकाँट देखिएन ।
रोनाल्डोले आफनो खाना छिटो छिटो खाएर सकाए र कुर्सिबाट उठेर बल संग खेल्न थालिहाले । रोनाल्डोले खेल्दै–खेल्दै भने हिड थोरैै खेलको अभ्यास गरौ । म हैरान भए र भने के म आफ्नो खाना खाएर सिद्धाउन सक्छु ? त्यस्को प्रति उत्तरदिदै रोनाल्डोले भने हुदैन–हुदैन छिटो गएर अभ्यास सुरु गरिहाल्नु पर्छ । मैले मेरो खाना बिचैमा छोडेर हामि ‘टू–टच’ खेलको अभ्यास गर्न तिर लाग्यौ ।’
सबन्धित समाचारहरु :
एक आत्माघाती गोलको बदला मृत्यु
को हुन ति खेलाडी ? जसले विश्वकपमा पहिलो रातोकार्ड पाए
ईरानि खेलाडीलाई किन बेचेन अमेरिकाले जुत्ता !
एवरा आफ्नो काहानी अगाडी सुनाउदै भन्छन ‘केहि समयको अभ्यास पछि रोनाल्डोले भने हिड स्विमिङ पूलमा जाँउ थोरै पौडि खेल्नु पर्छ । अब मलाई रोनाल्डोको व्यवहार देखेर के गरौ? कसो गरौ? भइसकेको थियो । तरपनि मैले आफुलाई सम्हाल्दै भने हुन्छ जाऔ । केहि समय स्विमिङमा बिताए पछि हामि वाष्प स्नान तिर पनि लाग्यौ ।’
मलाई म यहाँ किन आएको भन्ने जस्ता प्रश्नले सताई रह्यो । मैले सहन नसकेर रोनाल्डोलाई भनि हाले ‘मलाई यहाँ किन बोलाएको ? कि भोली हाम्रो खेल छ या खाना खानलाई बोलाएको होईन ?
त्यसकारण म सबैलाई यो कुरा भन्न चाहान्छु कि यदि तपाईलाई रोनाल्डोले आफ्नो धरमा खाना खान बोलाउनु भयो भने जानु भन्दा पहिले दश चोटि सोच्नुहोस अझ त्यो भन्दा राम्रो हुदैन भनेर भन्नु नै हुनेछ किनभने रोनाल्डो मान्छे होइनन मसिन हुन । उनि आफ्नो अभ्यास बन्द गर्न नै चाहादैनन ।
एवराले रोनाल्डोको बारेमा अरु एक काहानि सुनाउदै भने‘ रोनाल्डोले कहिलै खेलमा हार स्विकार गदैनन ।’ उनले अगाडी थपे–एक चोटि हामि टेबलटेनिस खेलिरहेका थियौ र रियो(मेनचेष्टर युनाइटेडका पुर्व फुटबलर साथी )ले रोनाल्डोलाई हराई दिए । हामि सबै रियोको जितमा रमाईरहेका थियौ तर रोनाल्डोले आफ्नो भाई (कजन) लाई बोलाएर टेबलटेनिस किन्नलाई पठाईसकेका थिए ।’
एवराले ति दिन समझेर हाँस्दै भने‘ रोनाल्डोले फेरि दुई हप्ताको अभ्यास गरे पछि हामी सबैको अगाडी रियोलाई हराए । उनि एकदमै अदभुत खालका मान्छे छन ।