Logo

न्यूजिल्याण्डकी प्रधानमन्त्री छोरीकी आमा बनिन



काठमाडौं । न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्ड्रा आर्डन आफ्नो पहिलो बच्चाको आमा बनेकी छिन । उनले आफनो इन्साट्राग्राममा एक तस्विर राख्दै यसको जानकारी गराएकी हुन ।

जेसिन्ड्रा आर्डन संसार अब संसार की दोस्री महिला बनेकी छिन जो आफ्नो पद बहाली भएको अवस्थामा नै आमा बनेकी छिन । जेसिन्ड्रा आरर््डनले आफ्नो अनुमानित समय भन्दा चार दिनपछि आकलेण्ड शहरको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

३७ बर्षीय प्रधानमन्त्री आरर््डनले छ हप्ताको सुत्केरी बिदा लिए पछि उनको काम कार्यबाहक प्रधानमन्त्री विल्शन पिर्टर्सले समाल्ने भएका छन । उनले आफु बिदामा बसेको भएपनि फुर्सदको समयमा संसदका दस्तावेजहरुको अध्यन गरिराख्ने बताएकी छिन ।

प्रधानमन्त्री जेसिन्ड्रा आरर््डनले फोटो सेएर गर्दे लेखेकी छिन्–‘म आफुलाई एकदमै भाग्यमानी सम्झिरहेकी छु । यस खुसिमा मलाई सहयोग गर्ने अस्पतालका कर्मचारीहरुलाई धन्यवाद दिन चाहान्छु।’

आफुले राखेको फोटोमा उनले छोरीको तौल ३.३१ किलोग्राम भएको जानकारी गराउँदै लेखेकी छिन ‘ हरेक आमा बवा जस्तै हामी पनि उनका भावनाहरुसंगै चलिरहेका छौँ ।’ साथै उनले लेखेकी छिन जनताको शुभकामना र दिएको माया प्रति आभार महशुस गरेकी छु ।

प्रधानमन्त्री जेसिन्ड्रा आरर््डनले जनवरीमा बताएकी थिन कि उन र उनका श्रिमान चाडै आमा–बुवा बन्न गैरहेका छन । प्रधानमन्त्री जेसिन्ड्राले यसै बर्ष रेडियो न्यूजिल्याण्डलाई दिएको अन्र्तवातामा बताएकि थिइन कि ‘म काम गर्ने र बच्चा पाउँने पहिलो महिला होइन म भन्दा पहिले पनि धेरै महिलाले यस्तो काम गरिसकेका छन ।’ उनि १८६५ पछि न्युजिल्याण्ड की सबभन्दा युवा प्रधानमन्त्रि हुन ।

१९९०मा पाकिस्तानकी पूर्व प्रधानमन्त्रि बेनजीर भुट्टोले प्रधानमन्त्रि भएकाबेला छोरीलाई जन्म दिएकी थिइन । बेनजीर पदबहालमा रहेका बेला आमा बन्ने पहिलो नेता हुन ।



प्रतिक्रिया दिनुहोस्