काठमाडौं, ८ असार । भारतीय फिल्मका निर्देशक राजकुमार गुप्ताले आफ्नो सातबर्षे लामो प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरेका छन । निर्देशक गुप्ताले आफनी प्रेमिका तथा अभिनेत्री मायरा कर्णसंग बिवाह गरेका हुन ।
निर्देशक गुप्ताले अजय देबगनको नयाँ प्रर्दशीत फिल्म ‘रेड’को शानदार तरिकाले निर्देशन गरेका थिए भने उनकि दुलहि मायराले २०११मा रानी मुर्खर्जि र बिद्या बालनको फिल्म ‘नो वन किल्ड जसिका’मा बिद्या बालनकी बहिनी जसिका लालको नामबाट अभिनय गरिसकेकी थिईन ।
मायरा कर्णको बलिउडमा डेब्युगरेको पहिलो फिल्म ‘नो वन किल्ड जसिका’पनि यिनै राजकुमार गुप्ताले निर्देशन गरेका थिए । राजकुमार आफ्नो व्यक्तिगत जिवनलाई अरुसामु ल्याउन चाहादैनन् तर जानकारी अनुसार उनले मायरालाई यसै बर्षको फेब्रुअरीमा नै बिवाह गर्न खोजेका थिए ।
हालै राजकुमारले संचार माध्यमसंगको कुराकानीमा उनले भनेका थिए ‘हामी सात बर्षदेखी एक अर्काका मिल्ने साथि थियौ ।’
राजकुमार र मायरा दुबैले रांचीमा एक पारिवारिक जमघटमा बिवाह गरेका हुन । बिवाह समारोहमा उनका परिवारका सदश्यका अतिरिक्त केहि नजिकका साथि तथा आफन्तहरुलाई पनि आमन्त्रण गरेका थिए ।
बिवाह पश्चात राजकुमार अभिनेता अर्जुन कपूरको साथमा आफ्नो नयाँ फिल्ममा काम सुरुगर्ने पक्का भएको छ ।
मायराले फिल्म ‘रेड’मा रिर्सचको कामको लागी राजकुमार गुप्तालाई धेरै नै सहयोग गरेकि थिईन । त्यसैकारण फिल्म क्रेडिटमा मायराको नाम पनि उल्लेख गरिएको थियो । मायराले आफनो रिर्सचको नाममा कुनै क्रेडिट लिईनन् तर मायराको चाहाना नभएपनि राजकुमारले उनलाई क्रेडिट दिएका थिए ।