Logo

सन्नी लियोन एक्कासी अस्पताल भर्ना, यस्तो छ कारण



काठमाडौं, ९ असार । बलिउड अभिनेत्री सन्नी लियोन आफ्नो पेट दुःखाईका कारण भारतको उत्तराखण्डको ब्रिजेश अस्पतालमा भर्ना भएकी छिन । सन्नीलाई शुक्रबार अस्पताल भर्ना गरिएको र उनको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको जनाईएको छ ।

सन्नीका निजी सचिवले संचार माध्यमलाई बताएअनुसार उनी हाल एपेन्डिक्सको उपचार गराईरहेकी छिन । उनलाई डाक्टरको पुर्ण निगरानीमा राखिएको पनि निजी सचिवले जनाए । उनको उपचारमा संलग्न डाक्टरका अनुसार उनको स्वास्थमा दुखाईको समस्या हट्दै गएकाले एक÷दुई दिनमा नै डिस्चार्ज हुन सक्ने बताएका छन ।

प्राप्त जानकारीका अनुसार सन्नी आजभोलि उत्तराखण्डको रामनगर जिल्लामा एमटिभीको रियालिटी सो ‘स्पट्सविल्ला’को ११ औं संस्करणको छायांकनको सिलसिलामा छिन् । तर स्वास्थ्यमा खराबीका कारण अब छायांकनको कार्यक्रम प्रभावित हुने भएको छ । उनको साथमा उक्त सो का आयोजक तथा उनका साथि रणवीजय सिंह रहेको बताईएको छ ।

सन्नी लियोनको आउँदै गरेका फिल्मको कुरा गर्नुपर्दा उनी चाँडैनै तामिल फिल्म ‘विरमहादेवी’मा देखिँदै छिन । यस फिल्ममा उनी वारियरको भुमिकामा देखिनेछिन् । जसका लागि उनले कयौं प्रकारका तालिमहरुपनि लिईसकेकी छिन् । जसमध्ये घोडसवारीको तालिमपनि एक हो । यसका साथसाथै उनको आफ्नो जिन्दगीमा आधारित रहेर बनिरहेको वृत्तचित्र ‘करनजीत कौैर : द अनटोल्ड स्टोरी’ मा पनि अभिनयको काम गरिहेकी छिन । एजेन्सीको सहयोगमा  



प्रतिक्रिया दिनुहोस्