Logo

बलिउडका सफल कलाकार पुरीको ८८ औं जन्मजयन्ती : संघर्षदेखि सफलतासम्म



काठमाडौं, ९ असार । बलिउडमा प्रशिद्ध खलनायकको भूमिका निभाएका अमरिश पुरीको शुक्रबार ८८ औं जन्मजयन्ती मनाईएको छ । उनको जन्म २२ जुन १९३२ मा पंजाबको लाहोरमा भएको थियो ।

उनका भाईहरु मदन र चमन पुरी फिल्मी उद्योगमा परिचित नाम हुन् । त्यसैले अमरिश पनि फिल्मको हिरो बन्ने अभिलाषा लिएर मुम्बई आएका थिए, तर उनी पहिलो चोटिमा नै ‘स्क्रिन टेस्ट’मा फेल भए । उक्त स्क्रिन टेस्टमा फेल भएपछि उनले वीमा कम्पनीमा काम गर्न सुरु गरे । नोकरीको साथसाथै नाटकपनि सिक्दै गए ।

स्टेजमा आफ्नो अभिनय देखाएवापत उनलाई १९७९ मा नाटक एकेडेमी पुरस्कारबाट सम्मानित गरिएको थयो । त्यसपछि नाटकका साथसाथै उनलाई बिज्ञापनपनि मिल्न सुरु भयो । पहिले नाटक त्यसपछि बिज्ञापन हुँदै उनलाई फिल्मको अफरपनि आउन सुरु भयो ।
आफ्नो ३५ वर्षको फिल्मी जीवनमा ४०० भन्दा बढि फिल्ममा अभिनय गरेका पुरीले ३९ बर्षको उमेरमा फिल्मी उद्योगमा आफ्नो पहिलो पाईला राखेका थिए ।

अमरिशलाई बलिउडमा पहिलो भुमिकाको अवसर भने सुनिल दत्त र वहिदा रहमान अभिनित फिल्म ‘रेश्मा और शेरा’मा मिलेको थियो । यो फिल्ममा उनले रहमत खानको नामबाट भुमिका निभाएका थिए ।

सबन्धित समाचारहरु :

अमेरिकी प्रेमी च्यापेर प्रियंका मुम्बईमा, गर्दैछन यस्तो मस्ती !

सात बर्षको सम्बन्धपछि मायराले गरिन बिवाह

शाहरुख खानको फिल्म ‘जिरो’ चाँडै प्रदर्शनमा आउँदै

‘संञ्जु’को अर्काे टिजरमा मुन्नाभाई बने रणबीर, मनिषाको यस्तो ‘लुक्स’

१९८० मा आएको फिल्म ‘हम पाँच’ मा उनले निभाएको खलनायकको भुमिकाले उनको डिमाण्ड दिन दुई गुना रात चौगुनाले बढ्दै गयो । उनले खलनायकको भुमिकामा धेरै फिल्म खेलिसकेका छन् । ‘अजूवा’मा वजिर–ए–आला, ‘मिस्टर ईन्डिया’मा मोगेम्बो, ‘नगीना’मा भैरबनाथ, ‘तहल्का’मा जनरल डोङ्गको उनको भूमिकालाई सायद आजपनि धेरैले सम्झिरहेका छन् ।

बलिउडमा उनको अभिनय कला देखेर हलिउड फिल्म निर्माता स्टिवन स्पिलबर्ग धेरै खुशि भएर अडिसन दिनको लागि अमेरिका बोलाएका थिए । तर, पुरीले स्पिलबर्गलाई यदि अडिसन लिन चाहनुहुन्छ भने मुम्बईमा रहेको मेरो घरमा आउनु भनेर जबाफ फर्काएका थिए ।

फिल्म निर्देशक रिचर्ड एटनबरो (जस्को साथमा अमरिशले फिल्म ‘गान्धि’ १९८२ मा काम गरेका थिए) को आग्रहमा उनले स्पिलबर्गको साथमा काम गर्न तयार भएका थिए । उनको साथमा १९८४ मा प्रर्दशनमा आएको फिल्म ‘इन्डियाना जोेन्स एण्ड द टेम्पल अफ डूम’मा मोलारामको भूमिका निभाएका थिए ।

अमरिश पुरीले बलिउडका साथै अन्य भाषाका फिल्महरूजस्तै कन्नड, मराठी, पंजाबी, मलायम, तेलुगु र तमिलमा पनि काम गरेका थिए । उनलाई ‘ह्याट’ अर्थात कान छोप्ने लामो लामो टोपीको धेरै सौख थियो । उनले प्रयोग गरेका २०० भन्दा बढि ह्याट बिदेशी कम्पनीका थिए ।

उनका बिशेष ख्याँति प्राप्त फिल्महरुमा ‘रेशमा और शेरा’(१९७१),‘जानी दुश्मन’(१९७९),‘कुबानी’(१९८०),‘आक्रोश’(१०८०),‘नसीब’(१९८१),‘विधाता’(१९८२),‘शक्ति’(१९८२),‘हीरो’(१९८३),‘कुली’(१९८३),‘मेरी जंग’(१९८५),‘नगीना’(१९८६),‘मिस्टर इन्डिया’(१९८७),‘वारीस’(१९८८),‘घायल’(१९९०),‘सौदागर’(१९९१),‘विश्वात्मा’(१९९२),‘करन–अर्जुन’(१९९५),‘गदर’(२००१),‘नायक’(२००१),‘ऐतराज’(२००४),‘हदचल’(२००४) जस्ता अरुपनि धेरै फिल्महरु छन ।
२००६ मा उनको निधन पछि प्रर्दशनमा आएको फिल्म ‘कच्चि सडक’उनको अन्तिम फिल्म थियो ।



प्रतिक्रिया दिनुहोस्