काठमाडौं, ९ असार । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले आज उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् ।
निजी भ्रमणको क्रममा नेपाल आएका नेता जोलीले आज मन्त्री यादवलाई भेटी मन्त्री भएकोमा बधाई समेत दिएका थिए । यसअघि नेता जोलीले धनुषाको जनकपुरमा रहेको जानकी मन्दिरको समेत दर्शन गरिसकेका छन् ।
उनीहरुबीच नेपाल-भारत द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनेबारे पनि कुराकानी भएको थियो ।