कालिकोट, १० असार । प्रगतिशील पत्रकार संघ नेपाल कालिकोटको चौथो जिल्ला भेला मान्ममा सम्पन्न भएको छ । भेलाले मनिराज पाण्डेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति पुनः गठन गरेको छ । समितिमा उपाध्यक्ष शुशिलराज शाही, सचिवमा दलसिंह गिरी, कोषाध्यक्षमा केशव गिरी लगायत पदाधिकारी रहेका छन् ।
जिल्ला भेलामा प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य नारायण गीरीले स्थानीय स्तरमा विगतदेखि नै पत्रकार सुद्धीकरणमा जोड दिँदै आएको र अहिलेपनि शुद्धीकरण अभियानलाई नेपाल पत्रकार महासंघको चुनावमा मुल मुद्दाको रुपमा उठाईनुपर्ने बताए ।
भेलामा सल्लाहकार अजय गिरीले प्रगतिशिल पत्रकार संंघ अरुभन्दा फरक पहिचान रहेको अवगत गराउँदै राष्ट्रियताको सवालमा सवैलाई ऐक्यवद्ध हुन आवश्यक रहेको बताए ।