Logo

नेपाली युवा बने अमेरिकी विश्वविद्यालयको सल्लाहाकार



अमेरिकाको प्रसिद्ध विश्वविद्यालय एरिजोना स्टेट युनिभर्सिटीले पहिलोपटक नेपाली युवालाई सल्लाहाकारमा नियुक्त गरेको छ ।

अन्तराष्ट्रिय सामाजिक उचाइ प्राप्त गरेका युथ पार्लियामेन्ट नेपालका अध्यक्ष दिवाकर अर्याललाई उक्त विश्वविद्यालयले १५ जुलाई ,२०२० सम्मका सल्लाहाकार नियुक्त गरेको हो ।

कलिलै उमेरमा अमेरिकी विश्वविद्यालयको सल्लाहाकार बनेका अर्याल धादिङको सामान्य परिवारमा हुर्किएका हुन् । उच्च शिक्षाका लागि काठमाण्डौँ आएसँगैउनको सामाजिक क्षेत्रमा क्रियाशिलता हात्तै बढेको छ ।

१० भन्दा बढी देशको अन्तराष्ट्रिय सम्मेलनहरुमा आफुलाई प्रस्तुत गरिसकेका अर्याल आँफैलेपनि नेपालमा “युवा सार्क सम्मेलन” र “विश्व युवा सम्मेलन” गरिसकेका छन् ।

आफ्नो परिचयलाई सामान्य क्षेत्र भन्दा माथी उठाइसकेका अर्याल लाखौँ युवाका उत्प्रेरणको पात्र बनेका छन् । नेपालमा नै रहेर बहुराष्ट्रीय संघ संस्था/विद्यालयमा आवद्ध उनी अमेरिकी विश्वविललयले नियुक्त गरेको सबै भन्दा कम उमेरका नेपाली हुन ।

कलिलै उमेरमा निकै ठुलो अवसर पाउनु भयो नि भन्ने प्रश्नमा उनि भन्छन् यो अवसर सँग सँगै शिक्षा र अन्तराष्ट्रिय समुदाय प्रतिको जिम्मेवारी मान्छन् ।

समृद्ध नेपालको यात्रामा निरन्तर क्रियाशील रहने बताउँदै उनी भन्छन् आफ्नोसँगै देशको व्यक्तित्व निर्माणमा सबै समान ढंगले लाग्नुपर्छ । नियुक्तीका सम्बन्धमा उक्त विश्वविद्यालयको निर्देशक डा. र्बाबर क्लिमेक भन्छिन्दि,”वाकर अर्यालजस्तो बहुआयामिक व्यक्तित्वलाई सल्लाहाकारमा नियुक्त गर्न पाउनु विश्वविद्यालयकै महत्वपुर्ण उपलब्धि हो ।” यसले अमेरिका र नेपालमात्र नभएर अमेरिका र दक्षिण एसियालाई आपसी समृद्धि र सौहार्दता निर्माण हुने उनि बताउँछिन्  ।



प्रतिक्रिया दिनुहोस्