Logo

सानिमा लाइफ इन्सुरेन्स र नेपाल मेडिसिटी अस्पतालबीच सहमति



काठमाडौं, १० असार । सानिमा लाईफ इन्सुरेन्सका ग्राहक तथा कर्मचारीको शुलभ उपचारका लागि आज नेपाल मेडिसिटी अस्पतालसँग सहमति भएको छ ।

विमा योजनामा आबद्ध हुने ग्राहकहरुको पूर्व स्वास्थ्य परीक्षण अब मेडिसिटीले गर्ने भएको छ भने त्यसको सम्पूर्ण व्यवस्थापन इन्सुरेन्स कम्पनीले गर्नेछ ।

ललितपुरको भैंसेपाटीस्थित् नेपाल मेडिसिटी अस्पताल परिसरमा गरिएको सो सम्झौतामा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र सानिमा लाईफ इन्सुरेन्स कम्पनीका तर्फबाट कर्पोरेट नायब महाप्रबन्धक केशवराज केसीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसंगको परामर्शमा अस्पतालले १० प्रतिशतसम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्सुरेन्स कम्पनीका सेवाग्राही र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्र्नेगरी भएको हो ।

मेडिसिटीका महाप्रबन्धक रिमालले सानिमा लाइफ इन्सुरेन्सका माध्यमबाट क्यासलेस स्वास्थ्य जा“च गराउन पाएकोमा खुशी व्यक्त गरेका थिए ।

त्यस्तै इन्सुरेन्स कम्पनीका कर्पोरेट प्रमुख गुणराज श्रेष्ठले आफ्ना ग्राहकहरुको स्वास्थ्यप्रति आफूहरु सचेत रहेको बताउँदै आगामी दिनमा ग्राहकहरुको स्वास्थ्यका लागि विभिन्न योजनाहरु ल्याउने जनाए ।

त्यस्तै मेडिसिटी अस्पतालसंग दिगो रुपमा सहकार्य गर्ने अपेक्षा आफूहरुले लिएको कम्पनीका महाप्रबन्धक केसीले विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्