Logo

टर्कीमा रजेप तैयप एर्दोगान दोस्रो कार्यकालका लािग राष्ट्रपतिमा विजयी



असार ११ । टर्कीमा रजेप तैयप एर्दोगान दोस्रो कार्यकालका लािग राष्ट्रपतिमा विजयी भएका भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी मुहर्रेम इञ्जालाई पराजित गर्दै एर्दोगान दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।

चुनावी नतिजापछि बोल्दै एर्दोगानले टर्कीले विश्वलाई नै लोकतन्त्रको पाठ सिकाएको बताएका छन् ।

आधाभन्दा कम मत ल्याएको अवस्थामा पुनः अर्को चरणमा चुनाव हुने परिपाटी टर्कीमा छ । तर एर्दोगान पहिलो चरणमै आधाभन्दा बढी मत ल्याएर विजयी भएका छन् ।

टर्कीको नयाँ संविधानले राष्ट्रपतिलाई धेरै अधिकारसहित शक्तिशाली बनाएको छ । राष्ट्रनिर्माता आटाटर्कपछि सबैभन्दा शक्तिशाली नेता एर्दोगान बनेका छन् ।

यद्यपि, यसको औपचारिक घोषणा भने भएको छैन । शुक्रबार यसको परिणाम सार्वजनिक गर्ने तयारी त्यहाँको निर्वाचन आयोगले गरेको छ ।

नवनिर्वाचित राष्ट्रपति एर्दोगानले सदर ९९ प्रतिशत मतबाट ५३ प्रतिशत गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वीले मुहर्रेम इन्सले भने ३३ प्रतिशत मत बटुले ।

एर्दोगानका प्रमुख प्रतिस्पर्धी इञ्जाले चुनाव निष्पक्ष नभएको दावी गरेका छन् । तर, उनले सामाजिक सञ्जालमार्फत पराजय भने स्वीकार गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्