काठमाडौं, ११ असार । दक्षिण भारतिय फिल्मका दिग्गज अभिनेता राणा दग्गुबातीले आफ्नो स्वास्थलाई लिएर भइरहेको हल्लाको बारेमा आईरहेकोे समाचार प्रति ध्यानाकर्षण गराएका छन । उनले आफ्नो ट्विटरबाट यस खवरको खण्डन गर्दे लेखेका छन,‘मेरो स्वास्थको विषयमा जतिपनि समाचारहरु आईरहेका छन ति सबै खवर गलत तथा भ्रामक मात्र हुन । म आफ्नो किड्नीको समस्याबाट पिडीत होईन कि सामान्य रक्तचाप को उपचार गराईरहेको छु ।’
गलत समाचारमा उनको किडनीले काम गर्न छोडेको र उनले यसलाई निर्मूल पार्न किड्नीको ट्रान्सप्लान्ट गर्नुपर्ने बताईएको थियो । राणाले आफ्नो ट्वीटमा लेखेका छन,‘मैले मेरो स्वास्थको बारेमा भ्रामक समाचारहरु सुनें र पढें जुन आँफैमा एकदम अनौठा थिए।’
समन्धित समाचारहरु :
यस्तो बन्दैछ सलमान खानको नयाँ घर
माइकल ज्याक्सनका बुवा अस्पताल भर्ना
शाहरुखले किन दिए इमरानलाई लण्डनको घरको साँचो ?
सन्नी लियोन एक्कासी अस्पताल भर्ना, यस्तो छ कारण
बलिउडका सफल कलाकार पुरीको ८८ औं जन्मजयन्ती : संघर्षदेखि सफलतासम्म
उनले आफ्नो स्वास्थ्यमा भनेजस्तो कुनै समस्या नभएको बताउँदै भनेका छन्,‘म सामान्य रक्तचापको उपचार गराइरहेको छु । मेरो बारेमा गरेको चिन्ता र मप्रतिको मायाकोलागि धन्यवाद दिन चाहान्छु तर कृपाया अनुमानको भरमा गलत समाचारहरु नफैलाईदिनहुन म सबैलाई अनरोध गर्दछु, यो मेरो स्वास्थ हो तपाईको चिन्ताकोे विषय होईन ।’
अभिनेता राणा दिग्गज नन्दमुरी तारक रामारावको वायोपिकमा देखिँदै छन । जो तमिल फिल्मका अभिनेता थिए । उनले राजनितिबाट आन्ध्र प्रदेशका मुख्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए । उनी एनटीआरको नामबाट चिनिन्छन् ।
राणा यस फिल्ममा राणा एनटिआरका साला तथा बर्तमान आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबू नायडूको भुमिकामा देखिन सक्नेछन । राणा फिल्म ‘बाहुबली’ र ‘बाहुबली–२’ मा भल्लालदेवको भुमिकामा यसअघि नै देखिईसकेका छन् ।एजेन्सीको सहयोगमा