Logo

सरकारले सामुदायिक विद्यालयलाई सुचना प्रविधीमैत्री बनाउने



असार ११, काठमाण्डौ । सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउन सरकारले उच्च प्राथमिकता दिने भएको छ ।

काठमाडौमा आयोजित गरेको सूचना प्रविधिको दिगो विकास लक्ष्यअन्तर्गत शिक्षा र स्वास्थ्यको लक्ष्य बिषयक कार्यक्रममा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउन मन्त्रालयले उच्च प्राथमिकता दिने बताए ।

मन्त्रालयअन्तर्गतका ३५ हजार सामुदायिक विद्यालयमध्ये हालसम्म आठ हजार १ सय ७४ विद्यालयमात्र सूचना प्रविधिका लागि कम्प्युटर शिक्षाको पहुँच पुगेको उनले जानकारी दिए । कम्प्युटर पुगेका ती विद्यालयमा करीब ३५ प्रतिशतमात्र इन्टरनेट सेवा पुगेका छन् ।

सबै विद्यालयमा कम्प्युटर शिक्षाका साथमा इन्टरनेटको सेवा पु¥याउने नीति मन्त्रालयलले लिएको अर्यालले जानकारी दिए । पूर्वाधार अभाव, स्रोतको अभावलगायतका कारणले कम्प्युटर पुगेका विद्यालयमा पनि इन्टरनेट सेवा पुग्न नसकेको भन्दै मन्त्रालयले यसलाई बिशेष ध्यान दिएको बताए ।

त्यस्तै सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले सरकारी सेवाका सबै कर्मचारीले सरकारी मेलमार्फत सूचना आदानप्रदान गर्न निर्देशिका तयार गरिएकोे जानकारी दिँदै सूचना प्रविधि केन्द्रको क्षमता विस्तार गर्ने कार्य गरिरहेको जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर दीपेन्द्ररमण सिंहले हरेक स्वास्थ्य संस्थामा इन्टरनेट सेवा पु¥याउन मन्त्रालयले कार्य गरिरहेको र सूचना प्रविधिमार्फत चिकित्सा सेवा प्रदान भइरहेको बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरणको आयोजनामा कार्यक्रम भएको थियो ।



प्रतिक्रिया दिनुहोस्