Logo

जनताको चाहना एकातिर, प्रधानमन्त्री ओलीको सपना अर्कैतिर



कमलमणि पोख्रेल-अहिलेसम्मका प्रधानमन्त्रीमध्ये जनतालाई सबैभन्दा बढी आश्वासन दिने प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली चिनिएका छन् । बहुमतप्राप्त सरकारको प्रधानमन्त्री बनेका ओलीको कार्यकाल पाँच वर्षको छ । तर प्रधानमन्त्री भएको चार महिना वितिसक्दा जनताले अनभूति गर्न पाउने गरी भने काम हुन सकेको छैन ।

अहिलेसम्मका प्रधानमन्त्रीमध्ये जनतालाई सबैभन्दा बढी आश्वासन दिने प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली चिनिएका छन् । ओलीले पहिलो पटक प्रधानमन्त्री हंँुदा देश विकासका धेरै कुरा गरेका थिए । उनको त्यहि आश्वासनले नेपाली जनताले उनीमाथि विश्वास नगरेका हैनन् ।

सम्बन्धित समाचार :

ओलीको चीन भ्रमणपछि नेपालीको रेल चढ्ने सपना पूरा हुन्छ : भुसाल

रेल सपनाः नेपालमा भारतीय रेल गुड्ने पक्का

रेल होइन, जनतालाई के आवश्यक छ त्यतातिर ध्यान दिनुपर्छ : विश्वकर्मा

संसद्मा रेल र पानीजहाज बहस

तर प्रधानमन्त्री कार्यकाल छोटो भएकाले काम गर्न भने पाएनन् । तर अब भने उनले बोलेका कुरा व्यवहारमा लागु गर्ने समय आउको छ । बहुमतप्राप्त सरकारको प्रधानमन्त्री बनेका ओलीको कार्यकाल पाँच वर्षको छ । तर प्रधानमन्त्री भएको चार महिना वितिसक्दा जनताले अनभूति गर्न पाउने गरी भने काम हुन सकेको छैन ।

सरकारले महङ्गी नियन्त्रण गर्न सकेको छैन । कुन बेला ग्यास इन्धनको हाहाकार हुने हो पत्तो छैन । यसतफ सरकारले कुनै कदम चालेको पाइदैन ।

यातायात क्षेत्रको सिन्डिकेट हटाउने सरकारको प्रयासलाई जनताले प्रशंसा गरे, तर त्यो पनि कार्यान्वयन हुन सकेको छैन ।

सरकारी कार्यालयमा काम लिन जाँद भोग्नुपर्ने सास्ती अझै कम भएको छैन । भ्रष्टाचार र घुसखोरी पनि पहिलाको जस्तै छ ।

काठमान्डो उपत्यका मात्रै हेर्ने हो भने पनि जताततै बिग्रीएका बाटाहरु देखिन्छन् । कतै ढलको लागि त कतै खानेपानीको लागि भन्दै पटक पटक बाटो भत्काइदा उपत्यकाबासी मारमा परेका छन् । सरकारले यो बाटो छिटै बनाइदियोस् भन्ने जनताको चाहना छ ।

प्रधानमन्त्री ओलीले नेपालमा रेल गुडाउनेदेखि समुद्रमा नेपाली पानी जहाज चलाउने सपना देखाएका छन् । तर जनताले दैनि भोग्नु परेको समस्याप्रति भने सरकार गम्भीर बन्न सकेको छैन । ओली सरकारमा आएपछी झनै मुल्यवृद्धि भएको गुनासो गर्दै मुल्यवृद्धि घटाउन सर्वसाधारणले आग्रह गरेका छन् ।

काठमाण्डौमा मेलम्चीको पानी वितरण गर्ने भनेर पटक पटक जनतलाई झुक्याइएको छ । तर खानेपानी वितरण गर्ने भनी सरकारले पटक पटक तोकेको मिति सर्दै गएपछि सर्वसाधारण आक्रोषित छन् । पानि कैले आउछ के हामि पानी नखाइ बस्नु भन्दै आक्रोस पनि पोखेका छन् ।

हुन त विकास भन्ने कुरा सबै छिटै हुन्छन भन्ने हुँदैन । तर तत्कालका लागि केही न केही काम होस्, जसले जनताको मन जित्न सकोस् । सपना देखाइएका ठूला र महत्वपूर्ण काम त पाँच वर्षभित्रमा गर्न सके पनि प्रधानमन्त्री ओलीले जस पाउने थिए ।



प्रतिक्रिया दिनुहोस्