नयाँ दिल्ली, ११ असार । देशभक्तिले ओतप्रोत रहेको अक्षय कुमारको बहुप्रतिक्षित फिल्म ‘गोल्ड’को ट्रेलर आज सार्वजनिक गरिएको छ ।
‘गोल्ड’मा अक्षय कुमार एक हक्की खेलाडीको भुमिका निभाईरहेका छन जस्ले ओल्मपिकमा भारतलाई पहिलो स्वर्ण पदक दिलाएको थियो ।
प्रर्दशित ट्रेलर हेरेर तपाईमा देशप्रतिको सच्चा प्रेम जाग्ने आशा गरिएको छ ।
यो ट्रेलरलाई सामाजिक संजालमा शेयर गर्दे अक्षय कुमारले लेखेका छन,‘त्यो इच्छा जसले हाम्रो पुरादेशलाई जोडिदिएको छ हेर्नुहोला भारतिय टिमको पुरा कहानी ।’
केही दिन पहिले यसको पोस्टर सार्वजनिक गर्दे उनले लेखेका थिए ‘त्यो सपना जसलाई पुरा देशले एकसाथ हेरीरहेको थियो, १९६३ मा सुरु भयो तर वास्तविक्तामा उतार्न १२ वर्ष लाग्यो । तपाई पनि हेर्नेलाई तयार हुनुहोस है ।’
यो पनि पढ्नुहोस :
‘बाहुबली’ का भल्लालदेव अस्वस्थ, यस्तो रोग लागेको खुलासा
राष्ट्रिय सभामा बेहुला भेटिँन, अब विवाहको च्याप्टर क्लोज : वली
धमलाको हमलामै कोमल ओलीको विवाहलाई लिएर दोहोरी चलेपछि केके भयो हेर्नुस् (भिडियोसहित)
भारतले १२ अगस्ट १९४८ को ओल्मपिकमा एक स्वतन्त्र राष्ट्रको हैसिएतले आफ्नो पहिलो स्वर्ण पदक जितेको थियो । ऐतिहाँसिक जीतको खुसियाली यसपटको स्वतन्त्रता दिवशमा यो फिल्महेरेर मनाउन पनि उनले आग्रह गरेका छन ।
‘गोल्ड’मा अक्षय कुमारको साथमा मौनि राय,विनीत कुमार,अमित शाह मुुख्य भुमिकामा छन । मौनि यस फिल्मबाट वलिउडमा पाइला राख्दै छिनभने विनीत कुमारले यो भन्दापहिला मुक्कावाजको प्रशंसा बटुलिसकेका छन ।
रिमा कागतीको निर्देशन रहेको यो फिल्मलाई रितेश सिधवानी, फरहान अख्तर र स्यंम अक्षय कुमारले प्रड्युस गरेका हुन । पहिले सलमान खानपनि यो फिल्मको हिस्सा बनेका भएपनि उनी पछि हटेका थिए । फिल्म भारतको स्वतन्त्रता दिवशको अवसर पारेर १५ अगस्ट २०१८ मा प्रर्दशनमा आउँदैछ