काठमाडौं, १२ असार । भारतीय खेलको ईतिहाँसमा आजको दिन अर्थात २५ जून १९८३ अविश्मणिय दिन हो । ३५ वर्ष अगाडी आजकै दिन भारतले क्रिकेट वल्र्डकपको च्याम्पियन बनेको थियो ।
वेस्टइन्डिजसंग भारतले फाइनलमा ४३ रनले विजयी बनेर पहिलोचोटि वल्र्डकपमा आफ्नो खाता खोलेको थियो । पछिल्ला दुई विश्वकपमा हार व्यहोरेको भारतीय क्रिकेट समुहले यो चमत्कारिक खेलबाटै विश्वकपको यात्रा सुरुवात गरेको थियो ।
वेस्टइन्डिजको टिमले यो खेलभन्दा पहिलै दुई पटक वल्र्डकप जितिसकेको थियो र सायद उसको हारको बारेमा कसैले पनि सोचेको थिएन । इन्डिज टिमले १९७५ र १९७९ पछि १९८३ को वल्डकप जित्नपनि हरप्रयास गरेको थियो तर परिणाम उल्टियो ।
भारतले फाइनलमा १८३ रन बनाएको थियो । इनिङ्सको ब्रेकको समयमा वेस्टइन्डिज टिमका कप्तानले आफ्नो टिमको जित सुनिश्चित मानेर स्याम्पियन मगाएका रहेछन् । तर त्यो दिनको खेलमा हाम्रो टिमले विश्वकप उचाल्ने अवशर आयो र हामि विजयि भयौ ।
वल्र्डकप विजय पश्चात कप्तान कपिल देव इंडिजको ड्रेसिङ रुममा खेलाडीसंग हात मिलाउन जाँदा उक्त रुममा सन्नाटा छाएको थियो ।
कपिलले बताए अनुसार त्यस रुमको माहौल एकदम शुनसान थियो । त्यहाँ शैम्पियनका वोटलहरु प्रश्स्तै राखीएका थिए । उनले क्लाइभ लाई सोधे कि,‘के म तपाईको कोठाबाट केहि स्याम्पियनका बोतलहरु लैजान सक्छु ? हामिले एक बोतलपनि मगाएका छैनौ ।’
उनको कुरा सुनेर क्लाइभले इसारामात्र गरे र आफु एउटा कुनामा गएर बसे । कपिल र मोहिन्दर अमरनाथ मिलेर केहि बोतल स्याम्पियन बोकेर जितको खुसियालि मनाउँन मैदान तिर लागे । उनका अनुसार टिम इन्डियाले त्यसदिन रात अबेर सम्म जितको खुसियाली मनाएको थियो ।
१९८३ को त्यो वल्र्डकप जितेको दिन भारतिय टिमलाई खाना मिलेको थिएन । मैदानमा खेलको खुसियाली मनाउँदा–मनाउँदै अबेर भैसकेको थियो । सुनिल गवाश्करका अनुसार,‘पहिलो विश्वकप जिते पछि टिमले जितको खुसियालि मनाईरहदा हामीलाई होटल पुग्न ढिला भैसकेको थियो । होटलको नियम अनुसार किचन ९ बजे नै बन्द भईसकेकाले त्यो रात भारतिय टिमले भौकै सुत्नु परेको थियो । एजेन्सीको सहयोगमा