काठमाडौं, १२ असार । मान्छेले सम्पति कसकोलागी कमाउन्छ ? सन्तानको भविश्य र ऐस अरामको जिन्दगी बिताउनलाई वा कुनै धर्म अथवा समाजसेवामा खर्चिन ? तर हाम्रो समाजमा यस्तापनि व्यक्तिहरु छन जस्ले आफ्नो करोडौको सम्पति समाजको आवश्यक्तालाई दानगरेका छन । त्यस्तैैमा एकहुन बलिउडका सु–प्रसिद्ध नायक नाना पाटेकर ।
भारत महाराष्ट्रको मुरुड–जन्जीरा,रामगढमा बुवा दिनकर तथा आमा संजनाबाई पाटेकरबाट जन्मिएका उनले गरेका समाजसेवाका कामहरुलाई धर्मका रुपमा हेर्नेगरेका छन ।
नाना पाटेकर एक अभिनेता मात्र नभएर उनी एक असल लेखक तथा फिल्म निर्माता पनि हुन । पद्यश्री पुरुस्कारबाट सम्मानित उनि हिन्दि फिल्ममा अभिनयकै कारण कयांै चोटी राष्ट्रिय फिल्म पुरस्कार र फिल्मफेयर पुुरस्कारबाट सम्मानित भैसकेका छन् ।
नाना पाटेकर आफ्नो अभिनय र ‘डाइलग’ले मात्र प्रसिद्ध नभएर समाजसेवाका कारण पनि चर्चित नाम हो ।‘तिरंगा’,‘क्रान्तिवीर’,‘यशवंत’जस्ता देशभत्तिले भरिपूर्ण फिल्म खेलेका नायकले सामाजिक कामबाट पनि आफनो नाम अमर राख्ने कोशिस गरिरहेका छन् ।
यो पनि पढ्नुहोस :
यस्तो बन्दैछ सलमान खानको नयाँ घर
शाहरुखले किन दिए इमरानलाई लण्डनको घरको साँचो ?
‘बाहुबली’ का भल्लालदेव अस्वस्थ, यस्तो रोग लागेको खुलासा
८० किलोको गाउन लगाएर अर्वाडमा पुगेकी नायिका झण्डै बेहोस् !
गतबर्ष भारतको माहाराष्ट्र राज्यको लातूरमा पानिको खडेरी परेको थियो र त्यसकोे कारणले किसानलहरुले आत्महत्याको कदम उठाएका थिए । किसानहरुको त्यस्तो कदमबाट नाना पाटेकर ज्यादै दुःखी भएर एउटा संस्थाको स्थापना गरेका थिए, जसको सहयोगबाट उनले गरिव किसानहरुलाई सहयोग गर्न सकुन् ।
उनले माहाराष्ट्रमा सुख्खा खडेरी परेकाबेला आत्महत्याको अवस्थामा पुगिसकेका किसान परिवारलाई आफै गएर भारु १,५०,००० रुपैया दिएका थिए जसमा १६२ किसान परिवारको सहभागीता थियो ।
नाना पाटेकरको संस्थाले पानीको हाहाकार भएको ठाउँमा सरल उपलब्ध गराएर सहयोग गरिरहेको छ। संस्थाले बलिउड अभिनेता आमिर खानसंग मिलेर २२ करोड भारतिय रुपैया जम्मा गरेको छन जस्को सहयोगले नदिको पानि बाट किसानले खेति गरेर खानपुगोस भन्ने अवधारणा राखेको छ । यो संस्थाले स्थापना भएकै दिन ८० लाख रुपैया जम्मा गरेको थियो ।
आफ्नो समाज प्रतिको लगावलाई लिएर नाना पाटेकरले आफ्नो सम्पतिको ९० प्रतिशत रकम मानव धर्ममा खर्च गरेका छन । उनि आफ्नी आमाको साथमा एउटै फ्ल्याटमा बसेका छन ।