असार १२, काठमाण्डौ । अमेरिका प्रवासमा रहेर नेपाली गीतमा राम्रो लगानी गरिरहेकी गीतकार अम्बिका गुरुङको शब्द तथा गायिका सुशीला पाठकको स्वरमा सजिएको म त नेपाली बोलको राष्ट्रभावनाले भरिएको गित युटुवमा सार्वजनिक भएको छ ।
गीतमा वरिष्ठ संगितकार शिलाबहादुर मोक्तानले संगित भरेका छन् ।
गुरुङ, पाठक र मोक्तानको संयुक्त कोसेली ‘म त नेपाली’ बोलको गीत भिडियो सहित भाव सागर इन्टरनेन्टमेन्टको अफिसियल युट्युभ साईटबाट सार्वजनिक गरिएको हो ।
आफ्ना अघिल्ला गीतमा भन्दा यसमा धेरै राम्रो प्रस्तुति दिन सफल भएको पाठकले बताएकी छिन् ।
राम्रो लोकेशनमा राम्रा मोडल र कोरस डान्सर प्रयोग गरेर भिडियो निर्देशक समन अधिकारीले म्युजिक भिडियो बनाएका हुन् । जुना सुन्दास र गायिका सुशिला गितमा अभिनय गरेका छन् ।
गीत अनुसारको भिडियो बनेकोले दर्शकले मन पराउने गायिका पाठकको विश्वास छ । ड्रोनको समेत प्रयोग गरेर भिडियो खिचिएकाले गित संगितसँगै भिडियो पनि उत्कृष्ट बनेको उनले बताईन् ।