Logo

नेपालमा स्विट्जरल्याण्डजस्तै पर्यटकीय ट्रेन सञ्चालन गर्न सकिन्छ : अध्यक्ष श्रेष्ठ



काठमाडौं, १३ असार ।   ईन्जिनियरिङ एशोसियनका अध्यक्ष हरेराम श्रेष्ठले चिनियाँ रेल अनुदानमा ल्याउँदा राम्रो हुने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘अहिले नेपालमा रेलको विषयमा बहस सुरु भयो, क्लबले बहस सुरु गरेको छ, म धन्यवाद भन्न चाहन्छु, चीनबाट रेल आउने संभावना छ, आर्थिक हिसाबलेपनि संभावना छ।’

नेपालमा स्विट्जरल्याण्डजस्तै पर्यटकीय ट्रेन सञ्चालन गर्न समेत सम्भावना रहेको उनको विश्वास छ । उनले भने,‘नेपालमा पनि प्रशस्तै सम्भावना छ, प्यासेन्जर एण्ड ट्रेडको लागि पनि रेल आवश्यक छ, तर नेपालको अहिलेको क्षमताले बनाउन सक्दैन्, सबैभन्दा राम्रो अनुदानमा बनाउँदा धेरै राम्रो हुन्छ।’

नेपालले आफ्नो संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्ने उनको भनाई छ । अध्यक्ष श्रेष्ठले अनुदानमै रेल ल्याएपनि नेपालले व्यवस्थापन गर्न नसके ट्रली बसकोजस्तै हालत हुने समेत खतरा औंल्याए ।



प्रतिक्रिया दिनुहोस्