Logo

नेपालमा रेल ल्याउनुको म कुनै फाईदा देख्दिन् : ईन्जिनियर पोखरेल



काठमाडौं, १३ असार । मेरो घर डटकमका प्रमुख ईन्जिनियर होमनाथ पोखरेलले सरकारले भारत र चीन दुवै देशबाट रेल ल्याउने कुरा गरेपनि अहिले ठूलो रकम खर्च गरेर ल्याउनुको कुनै फाईदा नभएको बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘अहिले सरकारले रेलका कुराहरु गरिहरेको छ, रेल सम्भव छ तर १०–१५ खर्ब खर्च गरेर रेल ल्याउनुको फाईदा केही छैन्, मैले देखेको त रेलभन्दा अरु धेरै कुराहरुको बारेमा सरकार गम्भिर बन्नुपर्छ, रेलको बारेमा अहिले हामीसँग कुनैपनि जनशक्ति छै्न, भाषण गरेरभन्दा काम गरेर देखाउनको लागि हार्दिक आग्रह गर्छु ।’

फरक प्रसँगमा उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माण कार्यमा लापारबाही गर्नेलाई कारबाही गर्छु भनेपनि कारबाही गर्न नसकेको बताएका छन् ।

उनले भने,‘कुरा गरेर मात्रै हुँदैन, गृहमन्त्रीज्यूले विकास निर्माणको काममा ढिला सुस्ति गर्नेलाई कारबाही गर्छु त भन्नुभयो तर कारबाही गर्नुभएन।’



प्रतिक्रिया दिनुहोस्