Logo

समाचार कक्षभित्र गोली चल्दा ५ जनाको मृत्यु



असार १५ । अमेरिकाको मेरिल्याण्डस्थित क्यापिटल ग्याजेटको समाचार कक्षभित्र गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । केही घाइते छन् ।

क्यापिटल ग्याजेटको समाचार कक्षभित्र छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन् ।

गोली लागेर पाँच जनाको मृत्यु भएको र अरु केही घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

प्रहरीले पत्रिकामाथि नै लक्षित गरेर आक्रमण भएको जनाएको छ, जसलाई यसअघि सामाजिक सञ्जालमार्फत आक्रमणको धम्की आएको थियो ।

संदिग्ध आक्रमणकारी पक्राउ परिसकेको त्यहाँको प्रहरीले जनाएको छ । तर परिचय भने खुलाइएको छैन ।



प्रतिक्रिया दिनुहोस्