Logo

जीप दुर्घटना हुँदा ६ को मृत्यु



असार १५, काठमाण्डौ । सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

नेचा सल्यानबाट काठमाडौं आउँदै गरेको जीप शुक्रबार बिहान साढे ७ बजेतिर तिङ्लाको महादेव भिरमा दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा उदयपुर सिरिसे-८ बस्ने २१ वर्षे कुन्साङ तामाङ, सिराहाका ३६ वर्षीय शिवकुमार यादव, ओखलढुंगा मांखाका ४० वर्षीय श्याम कुमार राई रहेका छन् ।

 

यसैगरी खोटाङ खाल्ले बस्ने २४ वर्षीया कोपिला बस्नेत कार्की, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ बस्ने ३५ वर्षीया उर्मिला बास्तोला र सोही ठाउँकी २५ वर्षीया सुशीला खड्काको पनि दुर्घटनामा मृत्यु भएको छ  ।

दुर्घटनामा भिमबहादुर खड्काकी छोरी अन्दाजी ७ वर्षीया बालिका सुषमा खड्काको अवस्था गम्भीर छ ।

घटनास्थल सदरमुकामबाट १३ किलोमिटर टाढा पर्दछ ।



प्रतिक्रिया दिनुहोस्