काठमाडौं, १५ असार । सरकारले रोगजार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिएको कोरिया भाषा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक भएको छ ।
यसपटको लिइएको परीक्षाबाट कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएको इपिएस शाखाले सार्वजनिक गरेको छ। जेठ २५ र २६ गते संचालन भएको नवौं भाषा परीक्षामा ७ हजार ९ सय ९६ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
सम्बन्धित समाचार :
इपिएस परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ
उत्तीर्ण मध्ये उत्पादन मुलक क्षेत्र तर्फ ५ हजार २८ जना रहेका छन् भने बाँकि २ हजार ९ सय ६८ जना कृषि तर्फ छन् । भाषा परीक्षामा उतिर्ण भएका हरुको आगामी प्रक्रिया बारे थप सूचना प्रकाशित हुने एचआरडी कोरियाले बताएको छ ।
(नतिजासहित)