Logo

गोविन्द केसीबिरुद्धमा अनशन थाल्छौंः अध्यक्ष थापा



काठमाडौं, १५ असार । मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चा नेपालले विदेशी तत्वहरुले नेपाललाई फिजीकिकरण गर्न खोजेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहदेखि सम्पूर्ण राष्ट्रवादी एकजुट हुन आग्रह गरेको छ ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मोर्चाले नेपाल सक्रिय रहेका २९ वटा वैदेशिक संयन्त्र भत्काउनको लागि शसस्त्र विद्रोह आवश्यक रहेको भन्दै सम्पूर्ण देशभक्तहरु एक ठाउँमा उभिनुपर्ने धारणा राखेको छ ।

 

मोर्चाका अध्यक्ष विजय थापाले डा.गोविन्द केसीका मागहरुलाई सम्बोधन गर्नको लागि सरकारले चिकित्सा विद्येयक पारित गरे सडक आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने,‘डा.गोविन्द केसीले सरकारको नूनपानी खाएर सरकारको नियमलाई लात मार्ने काम गर्नुभएको छ, शिक्षण अस्पताललाई अनशन स्थलको रुपमा विकास गर्नुभएको छ, उहाँले भनेकै हुनुपर्ने, सरकारी नियम कानून मान्न नपर्ने ? उहाँ सरकार नियम भन्दामाथि हुन पाउनुहुँदैन ।’
उनले अघि थपे,‘गोविन्द केसी जुम्ला जाउन या हुम्ला, पूर्व जाउन या पश्चिम हामी उहाँको बिरुद्धमा अनशन बस्छौं, जनताको करबाट चिकित्सक बनेका सरकारी कर्मचारीहरु दुर्गममा गएर पाँचवर्षुम्म सेवा दिनुपर्ने सरकारी नियमलाई लत्याउनेमा उहाँ हुनुहुन्छ, ५ वर्षबाट २ वर्षमा झार्ने रणनीतिमा लाग्नुभएको छ, त्यो हाम्रो लागि पाच्य छैन् ।’

त्यस्तै हाम्रो पार्टी नेपालका संयोजक गोबिन्द विक्रम बोहराले विदेशी शक्तिहरु ध्वस्त पार्नको लागि सशस्त्र आन्दोलन आवश्यक रहेको बताएका छन् ।

उनले भने,‘हाम्रो देशलाई फिजिकिकरण गर्नको लागि यूरोपियन देशहरु लागि रहेकाछन्, २९ वटा संयन्त्रहरु हाम्रो देशलाई फिजिकरण गर्नेमा लागि रहेका छन्, हामी त्यसको खरो रुपमा प्रतिकारमा उत्रिने तयारीमा शसस्त्र बिद्रोहको तालिम लिईरहेका छौं, हाम्रो शत्रु देश र जनतालाई दुःख दिने पत्रहरु हुन, ती सबैको पहिचान भईसकेको छ, अब कारबाही गर्न बाँकी छ ।’

सरकारले जनताको जनजिविकाको वास्ता नगरेको भन्दै संयोजक बोहराले रेल र पानी जहाजका उधारा सपनाहरु बाढि रहेको आरोप लगाएका छन् ।

उनले भने,‘सरकारले जनताको बारेमा चिन्ता गरेको देखिदैन, महंगिले आकाश छोएको छ, यात्रामा बिचल्ली हुनु परेको छ, तर सरकार रेलका कुराहरु गरिरहेको छ, वर्तमान समयमा आवश्यकताहरु पूर्ति गर्नुको साटो ठूला सपनाहरु मात्रै देखाउन उद्धत देखिन्छ, रोजी रोटी र परिवार पाल्न यूवाहरु खाडिमा जानुपर्ने स्थिति छ, नेकपा सरकार सुखि नेपालको आलाप जपिरहेको छ ।’

उनले अघि थपे,‘राष्ट्रवादीहरुको हत्या गर्ने, विभिन्न कारण देखाएर असफल पार्ने काम बैदेशिक शक्ति र तीनका स्वदेशी पात्रहरुबाट भएको छ, त्रिभूवन, महेन्द्र, मदन र वीरेन्द्रलाई सके अब मुलुकको बारेमा चिन्ता गर्ने मानिसलाई सकेर आफ्नो राज जमाउन लागिपरेका छन् ।’

प्रेस विज्ञप्ती

मिति २०७५÷०३÷१५

मिसन सिन्धुलिगढी राष्ट्रिय मोर्चा, नेपाल राष्ट्रिय स्वाधीनताको रक्षा, विधिको शासन, संबैधानिक सर्वोच्चता, मानव अधिकारको सुनिश्चितता र सामाजिक न्यायको स्थापनाको लागि सधै संघर्षरत रहने सस्था हो । मोर्चाले, कुनै पनि किसिमको रास्ट्रहित बिपरित हुने कार्यको बिरुद्द संघर्ष गरिरहने क्रममा ,हाल निक्कै जल्दोबल्दो बिषय चिकित्सा क्षेत्रमाथिको सिन्डिकेट सहितको प्रस्तावित चिकित्सा बिधयक २०७५ लाई खारेज गरियोस भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि नेपाल सरकार समक्ष ८ बुदे माग राख्दै सरकारको ध्यानाकर्षण गरायो,सरकारले सुनेन ।

संविधानतस् नेपाली जनताको पढ्न पाउने मौलिक अधिकार कुण्ठित भएको भन्दै जायज र न्यायपुर्ण मागहरुको सुनुवाइ सरकारले नसुनेको कारण थप शान्तिपुर्ण दबाब दिन काठमाडौ स्थित खुल्लामन्चमा मिति २०७५( १ (१३ गते दिनको ३ बजेबाट हामिले सरकार समक्ष ८ बुदे मागहरु राखि आमरण अनशन बसेको र ५३ दिनमा स्थगन गरेको समेत सबैमा जगजाहेर छ । अतस् अहिले संघीय सम्सद चलिरहदाको अवस्थामा, कुन कार्यसुची तय भएको छ, यो अनुसार प्रस्तावित चिकित्सा अध्यादेश स्वतः निष्क्रिय हुने पक्का छ । अर्थात गोविन्द केसि र सरकार बिच भएको सम्पुर्ण सम्झौता स्वतः खारेज हुदैछ यसर्थमा हामी सरकालाइ धन्यवाद दिन्छौ । र पुन भन्छौ यदि कोहि ब्यक्ति फेरि पनि कुनै बाहाना बनाइ, कहि कुनैपनी स्थानमा बसेर चिकित्सा क्षेत्रमा सिण्डिकेट कायम गराउन सरकारलाइ फेरिपनी अनावश्यक दबाब दिन्छ भने हामी तुरुन्तै त्यही यथा स्थानमा प्रतिरोध गर्ने जानकारी समेत गराउदछौ । अन्त्यमा डाक्टर गोविन्द केसि राज्यको कानुन उल्लंघन कार्यमा अगादी देखिन्छन । जस्तै आम नागरिकको स्वास्थ उपचार पाइरहेको थलो हस्पिटल, सार्वजनिक महत्वको स्थान,जाहा सरकारले बन्द हड्ताल लगायत कुनैपनी किसिमको प्रदर्शन गर्न रोक लगाएको छ त्यस्ता स्थानमा उनि सरकार बिरोधी कार्यक्रम गरिरहन्छन । अत उनी स्वयम् आफै सरकारी कर्मचारी हुदाहुदै पनि सरकारकै बिरुद्ध प्रदर्सन गरिरहने, पटक पटक कानुन उल्लंघन गरिरहने हुनाले,उनिलाइ तुरुन्त पक्राउ गरि कानुनी कारबाही गर्न सरकारसङ्ग जोडदार माग गर्दछौ । पुन भन्छौ फेरि पनि उनिले बारम्बार राज्यको कानुन उल्लंघन गर्ने सम्भावना रहेकोले हामी सरकारलाइ अग्रीम जानकारी गराउदछौ कि, अबपनि डाक्टर गोविन्द केसिलाइ सरकारले कानुन उल्लंघन गर्दा समेत आवस्यक कारबाही गर्दैन भने मोर्चा उनी जाहा जस्तो अवस्थामा छन जुनसुकै अवस्थामा पनि पक्राउ गरि कानुनी कारबाही गर्न राज्यलाइ बुझाउने समेत जानकारी गराउदछौ ।

हाम्रो प्रतिबद्धता छ । ३ हामी जे गर्छौ रास्ट्र र राष्ट्रियताको रक्षाको निमित्त गर्छौ । ३ देशमा उद्योग ,काकारखाना ,शैक्षिक शस्थाहरु बाटो,पुल पुलेसाहरु बन्नु पर्छ । रास्ट्रको बिकाश आधार तयार गर्नु छ । यो अभियान नेपाल रास्ट्र र सार्वभौम नेपाली समृद्ध नभएसम्म नरोकिने प्रतिबद्धता जनाउदछौ ।

हाम्रो नेपाल सरकार समक्ष राखिएका मागहरु :

१) नेपालमा चिकित्सा शास्त्रको अध्यन अध्यापनका क्षेत्रमा कायम सिन्डिकेट प्रथा खारेज गरियोस् ।

२) बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानलाइ मेडिकल विश्वविद्यालयको रुपमा परिणत गरियोस् ।

३) नेपाली जनताको अहित र बिदेशी दलालको पक्षपोषण गर्ने नीति बमोजिम जारी गर्न तयारी गरिएको कथित राष्ट्रिय चिकित्सा शिक्षा बिधयक २०७५ तत्काल खारेज गरियोस् ।

४) डा.गोविन्द केसि र नेपाल सरकारविच भएका सबै सम्झौता खारेज गरियोस् ।

५) नेपाली बिद्यार्थिहरुलाइ बिदेश आपूर्ति गर्ने गराउने बिदेशीका दलाल कन्सल्टेन्सिहरु तत्काल बन्द गरियोस् ।

७) डा . गोविन्द केसि त्रिबि शिक्षण अस्पतालमा १४ पटकसम्म अनशन बसेका कारण अस्पताल र आइ.ओ.एमलाई भएकोरपुगेको पनोक्सानी छानबिन गरि अनियमित भएको रकम राज्यकोषमा दाखिला गराइयोस ।

८) एम.बि.बि.एस, एम.डि लगायतको उच्च मेडिकल शिक्षा पढ्न नेपाली बिद्यार्थिलाइ रुस,चीन बङलादेश लगायत विभिन्न बाहिरि देशमा पढ्न जानको निमित्त बाध्यकारि अवस्थाको अन्त्य गरियोस् । सबै सरकारी र निजि मेडिकल कलेजमा सिट संख्या वृद्धि गरि, छात्रवृत्ति कोटाको प्रतिशत २५ प्रतिशत अनिवार्य गरियोस । एम.डि को कोटा कम्तिमा १२०० पुर्याइयोस ।

नेपालमा नै चिकित्सा शास्त्रको उच्च अध्यन गर्ने नेपाली जनताको मौलिक हक अधिकारलाइ सुनिस्चित गरियोस् ।

अन्त्यमा: चिकित्सा क्षेत्रमा सिन्डिकेट हटाउन,पत्रकार, मानवअधिकारवादी, एवम् सरोकारवाला पक्ष सहित आम नेपालिहरुको, हामी आगामी समयमा पनि यसैगरि निरन्तर साथ सहयोग र समर्थनको अपेक्षा राख्दछौ , धन्यवाद ।

जय देश, जय जनता, जय मिसन सिन्धुलिगढी ।

संयोजक :विजय थापा

मिसन सिन्धुलिगढी राष्ट्रिय मोर्चा नेपाल
सम्पर्क : 9840436647 / 9808211898

 



प्रतिक्रिया दिनुहोस्