Logo

१९५० को सन्धी पुनरावलोकनसहितको प्रतिवेदन बन्दैछ : आचार्य



असार १६, काठमाण्डौ । नेपाल भारत प्रवुद्ध समुह इपिजीका सदस्य निलाम्बर आचार्यले असार महिनाभित्रमा नै दुई देशबीच साझा प्रतिवेदन तयार हुने दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै आचार्यले हिजो देखि बसेको समुहको नवौँ बैठकले साझा प्रतिवेदन तयार पार्नमा सहयोग पुर्याउने दाबी गरेका हुन् ।

सम्बन्धित समाचार :

नेपाल–भारत प्रवुद्ध समुहको बैठकमा १९५० को सन्धीका विषयमा गम्भीर छलफल

१९५० को सन्धी समयअनुसार परिवर्तन गर्न भारत सकारात्मक

नेपाल–भारत सम्बन्ध अब नयाँ उचाईमा पुग्छ : भट्टराई

दुई देशबीच भएका समस्याहरुलाई समाधान गर्नका लागि बैठक महत्पूर्ण हुने आचार्यको भनाई छ ।

इपिजीको बैठकले सन् १९५० मा भएको नेपाल–भारतबीचको सन्धीबारे सुझाब मात्रै दिइने आचार्यको भनाई छ ।

इपिजीले दिएको सुझाब अनुसार सरकारले कस्तो कदम चाल्छ भन्ने कुरा महत्वपूर्ण रहेको उनले बताए ।

हिजोदेखि बसेको इपिजीको बैठक आज सकिदैछ । बैठकले प्रतिवेदन बनाएर सरकारलाई हस्तान्तरण गरिने आचार्यले बताए ।

बैठकमा महत्वपूर्ण विषयमा गहन छलफल गरिएको जानकारी दिदै आचार्यले सन्धी, सम्झौता र व्यवहारमा समयअनुसार परिवर्तन गर्नुपर्नेमा प्रतिवेदन केन्द्रित हुने बताए ।

इपिजीलाई प्रतिवेदन तयार पार्न दिइएका दुई वर्षको समय सकिन लागेकाले अब प्रतिवेदन बनाइएने उनले बताए । प्रतिवेदनका लागि अब समय थप्न नपर्ने उनको दाबी छ ।

अहिलेको समयमा १०५० को सन्धी सान्दर्भिक नभएकाले त्यसको पुनरावलोकन गर्नुपर्नेमा आचार्यले जोड दिएका छन् । भारतीय पक्षमा पनि इपिजी बैठकमा पुनरावलोकनका लागि तयार रहेको उनको दाबी छ ।

हिजोदेखि काठमाणडैमा बसेको इपिजीको बैठक आज सकिदैछ ।



प्रतिक्रिया दिनुहोस्