Logo

आफ्नैले छाडेपछि न्याय माग्दै एक महिला, सरकारी कर्मचारीको यस्तो हर्कत



असार १६, काठमाडौं । प्रेमको बेग्लै महत्व हुन्छ । तर, प्रेमको नाटक रचेर धोका दिने प्रवृत्तिको क्रमिक विकास हुँदै गएकोछ । नेपाली समाजमा बढ्दो यो विकृतिले प्रेमको अर्थलाई मात्र होइन, विश्वासलाई समेत घटाउने गर्दछ ।

एक सरकारी कर्मचारीले एक महिलालाई अलपत्र छाडेका छन् । सर्लाहीको वागमती नगरपालिकाका स्थायी घर भएका जनक नेपालले एक महिलालाई अलपत्र छाडेका हुन् । सिंचाई कार्यालय बारा कलैयाका शाखा अधिकृत नेपालले एक महिलासँग विवाह गरेर काठमाडौंकै एक स्थानमा राखेको पीडितको भनाईछ ।

करिब एक वर्षसँगै बसेपछि पीडित महिलाले विवाहको औपचारिकता खोजेपछि शाखा अधिकृत नेपालको नियत सार्वजनिक भएको हो । उनले आफूले विवाह नगर्ने, मुद्दा लड्न गए ज्यान मार्नेसम्मको धम्की दिएको पीडित महिलाले गुनासो गरिन । बारा प्रहरी कार्यालय महिला सेलमा समेत उजुरी दिन पुगेकी पीडित महिलाले प्रहरीको समेत साथ नपाएको बताईन ।

उनले दुखेसो पोख्दै भनिन्, ‘मैले नाता प्रमाणित गर्न भन्दै प्रहरीमा उजुरी दिए । त्यहाँ कुनै सुनुवाई हुन नसकेपछि वागमति नगरपालिकामा समेत उजुरी दिएँ । तर उल्टै केही छैन भन्दै न्याय पाईंन ।’ नेपालले सरकारी कर्मचारीको धाक दिंदै प्रहरी र स्थानीय जनप्रतिनिधिहरुलाई समेत प्रलोभनमा पारेका स्थानीय कै आरोप छ । नेकपाका स्थानीय नेता चिरञ्जीवीले समेत रकम खाएर अन्याय गरेको पीडितको आरोप छ । वागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तानले समेत हकारेर पठाएको पीडितको आरोप रहेको छ ।

पीडित महिलाले मकवानपुरको हेटौंडा नजिकै रहेको बनस्खण्डी मन्दिरमा सिंचाई कार्यालयका शाखा अधिकृत नेपालसँग विवाह गरेकी थिइन् । तर, कानूनी उपचार खोज्न जाँदा समेत सरकारी कर्मचारी नेपालले उल्टै धम्क्याउने गरेको पीडित महिलाको आरोप छ । उनी न्याय माग्दै भौतारिएकी छन् ।



प्रतिक्रिया दिनुहोस्