Logo

गुणस्तरीय शिक्षाका लागि राजनीतिक हस्तक्षेप अन्त्य आवश्यक



बुटवल, १७ असार । शिक्षामा गुणस्तर ल्याउन राज्य र राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने शिक्षा क्षेत्रका अगुवाले बताएका छन् । शिक्षाको गुणस्तर कमजोर बन्दै गएको स्वीकार गर्दै उनीहरुले गुणस्तरीय शिक्षा दिने दायित्व राज्यको भएको बताए । गुणस्तरीय शिक्षा दिन नसक्ने शिक्षण संस्था र शिक्षकहरुलाई कारवाही गर्ने निकाय राज्य भएकाले यस विषयमा राज्य मौन रहेको बताए ।

रिपोर्टर्स क्लव प्रदेश नम्बर पांचले आईतबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने वक्ताले गुणस्तरीय शिक्षाका लागि राज्यले मापदण्ड बनाउनु पर्ने बताए ।

पाठ्यपुस्तक र पाठ्यक्रम वैज्ञानिक हुनुपर्ने शिक्षामा लगानी बढाउनु पर्ने र शिक्षकहरुको मनोवल बढ्ने गरी सेवा सुविधा उपलब्ध गराउन सकिएमा शिक्षामा सुधार आउने उनीहरुको भनाई छ । गुणस्तरीय शिक्षाका लागि मिडियाहरुले राज्य र नीजि क्षेत्रलाई खवरदारी गर्न जररी रहेको बताए । सोही कार्यक्रममा बोल्दै राष्ट्रिय परिक्षावोर्ड बुटवलका प्रमुख टिकाराम अर्यालले सबै मिलेर शिक्षामा सुधार ल्याउनु पर्ने बताए ।

उनले गुणस्तरीय शिक्षा दिनुको विकल्प नभएकाले आरोप प्रत्यारोपमा उत्रन नहुने बताए । बुटवल उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख लोक राजपन्थीले गुणस्तरीय शिक्षाका लागि नीतिगत स्पष्ट हुनुपर्ने बताए ।

उनले स्पष्ट नीति र लगानीको अभावले गुणस्तरीय शिक्षा दिनमा समस्या रहेको बताए । प्याब्सनप्रदेश नम्बर पांचका अध्यक्ष कृष्ण खनालले शिक्षाको गुणस्तर वृद्वि गर्न शिक्षा प्रणालीलाई परिवर्तन गर्नुपर्ने बताए । उनले अहिलेको परम्परागत शिक्षा प्राणालीले नीजि क्षेत्रको बाधक रहेको उनले बताए ।

कालिका माध्यामिक विद्यालयलका प्राध्यानाध्यापक घनश्याम पाठकले अंगे्रजी भाषाबोल्ने हुदैमा र धेरी जिपिए आएको आधारलाई गुणस्तरी शिक्षा मान्न नसकिने बताए । उनले आफ्नो राष्ट्रियता, संस्कार, संस्कृति र व्यवहारसंग मेलखाने शिक्षालाई मात्र गुणस्तरी शिक्षा भन्न सकिने बताए । उनले अहिलेको राज्य व्यवस्थाले गुणस्तरीय शिक्षा दिन नसक्ने उनको दावी छ । व्याब्सनका केन्द्रिय सल्लाहाकार लोकनाथ उपाध्यायले गुणस्तरीय शिक्षा दिएको नीजि क्षेत्रलाई राज्यले चिन्न नसकेको बताए ।

राज्यले गुणस्तरीय शिक्षा मापन गर्न नसकेको उनले आरोप लगाए । शिक्षक महासंघका रुपन्देही उपाध्यक्ष मुक्तिप्रसाद भट्टराईले गुणस्तरी शिक्षाका लागि पाठ्यक्रम र पाठ्यपुस्तक एउटै हुनुपर्ने बताए । नेपाल पुस्तक व्यवसायीमहासंघका अध्यक्ष हरिप्रसाद अर्यालले शिक्षामा भएको सिण्डीकेटको अन्त्य गरेर शिक्षामा सुधार ल्याउन आवश्यक रहेको बताए । अभिभावक संघ रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवालीले शिक्षाको विकास र गुणस्तर कायम गर्नका लागि राजनीतिक नेतृत्व सुध्रन जरुरी रहेको बताए ।

शिक्षापत्रकार समूहका केन्द्रीय सदस्य कृष्ण मल्लले शिक्षामा मनपरी भएको बताए । उनले सरकारी र नीजिदुवै क्षेत्रका कमजोरीलाई सुधारेर मात्र शिक्षामा सुधार आउन सक्ने बताए । गुणस्तरी शिक्षाको कुरा गरिए पनि गुणस्तरीय शिक्षा केहो भन्ने मापदण्ड नभएको बताए । रामकुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।



प्रतिक्रिया दिनुहोस्