Logo

‘ओली सरकारले जनतालाई रैती सम्झिरहेको छ, उन्मादको परिणाम ठिक हुँदैन’ : अधिवक्ता अर्याल



काठमाडौं, १७ असार । अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार तानाशाही, सर्वसत्तावादी र अधिनायवादी बाटोमा सरिक भएको गम्भिर आरोप लगाएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा उनले भने,‘सरकार जनताको पक्षमा भन्दा माफियाहरुको पक्षमा उभिएको छ, उपत्यकामा १० वर्षसम्म शिक्षण अस्पताल खोल्न नपाईने, निजि क्षेत्रका मेडिकलहरुको स्वास्थ्य सेवाको निगरानी गर्नुपर्ने, छात्रवृत्तिको उचित कार्यान्वयन गर्नुपर्ने, पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या, राप्ती अञ्चल अस्पताल र गेटा शिक्षण अस्पतालको समस्या समाधानको बारेमा उहाँ अनशनमा हुनुहुन्छ, हामी उहाँको साथमा छौं, यदि सरकारले पूर्व सहमतिबेगर काम गर्न थाल्यो भने हामी सकडबाट त्यसको विकल्प खोज्छौं ।’

आन्दोलन र बिरोधका कार्यक्रमहरुको बारेमा गृहमन्त्रालयले जारी गरेको आदेशलाई संविधानको भावनाबिपरित रहेको अधिवक्ता अर्यालको टिप्पणी छ ।

उनले भने,‘लोकतन्त्र बहुमत संख्यामात्रै होईन, जनताको आवाज पनि हो, कानूनी आधार बिनाका कुनैपनि कार्यहरु हामीलाई स्विकार्य हुँदैनन्, हाम्रो समर्थन सत्य कामका लागि हुन्छ, देश र जनताको पक्षमा हुन्छ, सरकार सेवक हो, जनता मालिक हुन, सरकारले जनतालाई रैती सम्झिरहेको छ, यो गलत छ, उन्मादको परिणाम ठिक हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्