काठमाडौं, १७ असार । नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको बारेमा सरकार, अनशनरत डा.गोविन्द के.सी र निजी मेडिकल कलेजका लगानी कर्ताबीचको सहमतिमै समस्या समाधान गर्न आग्रह गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पौडेलले अनशन बसेर समस्या बल्झ्निे भन्दै यस्तो त्रिपक्षीय सहमति खोज्न आग्रह गरेका हुन् ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजितसाक्षात्कारमा उनले भने,‘माथेमा आयोग प्रतिवेदनका आधारमा सरकारले यस अघि गरेका सहमति र निर्माा गरेको ऐनलाई कार्यान्वयन गर्नुपर्छ, डा. गोविन्द केसीले उठाएका सबै मागहरु जायज छन् भन्न सकिँदैन, केही मागहरुको बारेमा गहन अध्ययन हुन बाँकी छ, सरकारले बहुमतको दम्भ देखाउनुहुँदैन।’
गोविन्द केसीको आन्दोलनले छिमेकी मित्रराष्ट भारतको स्वास्थ्य क्षेत्रमा समेत परिवर्तन भएको दृष्टान्तहरु सुनाउँदै उनले भने,‘हाम्रो नेपालको मात्रै त के कुरा ? वर्तमान सरकार जनपक्षीय भएको भए यसअघि पारित भएको विद्येयक विवादमा ल्याउने नै थिएन ।’