काठमाडौं, १७ असार । निजी मेडिकल एण्ड डेन्टल कलेज एशोसिएसन नेपालका अध्यक्ष डा. सुरेशकुमार कनौडियाले निजी मेडिकल कलेजहरुलाई राज्यले निर्वाध रुपमा बाँच्न दिनुपर्ने बताए ।
आईतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा उनले भने,‘राज्यले कि निजि मेडिकल कलेजलाई राष्ट्रियकरण गर्नुपर्यो, होईन भने निर्वाध रुपमा बाँच्ने आधार दिनुपर्छ, गोविन्द केसीको सबै मागहरु जायज छैनन् भनेर त म भन्दिन्, तर केही मागहरुको बारेमा हाम्रो विमति छ, तत्काल सरकारले यो समस्या समाधान गर्नुपर्छ ।’