Logo

विश्कप फुटबल : स्विटजरल्याण्डविरुद्ध स्विडेनको संघर्षपूर्ण जित



रसिया, १९ असार :  स्वीडेन र स्वीजरल्याण्डबीचको नकआउट खेलमा स्वीडेले १-० ले विजयी भएको छ। पहिलो हाफ बराबरी भएको खेलमा स्विडेनले दोश्रो हाफमा गोल गर्दै अग्रता लिएको स्विडेनका स्ट्राइकर एमिल फोर्ब्सबर्गले टोलीका लागि सो विजयी गोल गरेका थिए।

उनले खेलको ६६ औं मिनेटमा डिबक्सबाहिरबाट गरेको प्रहार स्विजरल्यान्डका डिफेन्डर मानुयल अकान्जीको खुट्टामा लागेर पोष्टमा छिरेको थियो।

त्यसैगरी इन्जुरी समयमा तेश्रो मिनेटमा वान भर्सेज वान सिचुएसनमा स्विजरल्याण्डका खेलाडी लाङले डिएरियामा फल गरेपछि रेड कार्ड पाउँदै मैदान बाहिर पुगेका थिए। रेफ्रीले यस फलका लागि सुरूमा स्वीडेनलाई पेनाल्टी दिएपनि भिएआर फ्रिकिकको निर्णय सुनाएका थिए।

आजको खेलमा विजयी स्वीडेन अमेरिकामा सन् १९९४ मा भएको विश्वकपपछि क्वाटरफाइनल प्रवेश गरेको पहिलो अवसर हो। उसले सेमिफाइनल प्रवेशका लागि इङ्ग्ल्याण्ड र कोलम्बियाबीचको खेलका विजेतासँग खेल्नेछ। एजेन्सी



प्रतिक्रिया दिनुहोस्