काठमाडौं, २० असार । रुसमा जारी फिफा विश्वकप २०१८ को क्वाटर फाइनल समिकरण पूरा भएका छन् । मंगलबार राति स्वीडेन र स्वीजरल्याण्ड तथा इंगल्याण्ड र कोलम्बियाको खेल सम्पन्न भइसकेपछि अन्तिम ८ टोलीको टुंगो लागेको हो ।
मंगलबार स्वीडेन र इंगल्याण्डले क्वाटर फाइनलमा स्थान सुरक्षित गरे । यससँगै फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल, बेल्जियम, स्वीडेन र इंगल्याण्ड विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेका टोली हुन् ।
अब हुने खेलहरुमा फ्रान्स र उरुग्वे, रुस र क्रोएसिया, ब्राजिल र बेल्जियम, तथा स्वीडेन र इंगल्याण्डबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।
१. फ्रान्स र उरुग्वे
प्रmान्स अर्जेन्टिनालाई ४–३ ले पराजितगर्दै क्वाटर फाइनलमा प्रवेश गरेको टोली हो । उरुग्वे भने पोर्चुगललाई २–१ ले पराजितगर्दै अन्तिम ८ मा पुगेको टोली हो । फ्रान्स र उरुग्वेबीच हुने सेमिफाइनल प्रवेशको खेल जुलाई ६ तारिखमा नेपाली समयअनुसार पौने ८ बजे हुनेछ ।
२. ब्राजिल र बेल्जियम
पाँच पटकको विश्वकप विजेता ब्राजिल मेक्सिकोलाई २–० ले पराजितगर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । बेल्जियमभने जापानलाई ३–२ ले पराजितगर्दै अन्तिम ८ मा परेको टोली हो । अब ब्राजिल र बेल्जियमबीचको सेमिफाइनल प्रवेशको खेल जुलाई ६ तारिखमा नेपाली समयअनुसार पौने १२ बजे खेल हुनेछ ।
३. स्वीडेन र इंगल्याण्ड
स्वीडेन स्वीजरल्याण्डलाई १–० ले पराजितगर्दै क्वाटर फाइनल प्रवेश गरेको टोली हो । इंगल्याण्डभने कोलम्बियालाई पेनाल्टि सुटआउटमा ४–३ ले पराजितगर्दै अन्तिम ८ मा प्रवेश गरेको टोली हो । अब दुई बीचको सेमिफाइनल प्रवेशको खेल जुलाई ७ तारिख शनिबार राति पौने ८ बजे हुनेछ ।
४. रुस र क्रोएसिया
आयोजक रुस पेनाल्टि सुटआउटमा बलियो टोली स्पेनलाई ४–३ ले पराजितगर्दै क्वाटर फाइनल प्रवेश गरेको हो । क्रोएसियापनि पेनाल्टि सुटआउटमै डेनमार्कलाई ३–२ ले पराजितगर्दै अन्तिम ८ मा प्रवेश गरेको हो ।
आयोजक रुस र क्रोएसियाबीचको सेमिफाइनल प्रवेशको खेल जुलाई ७ तारिख शनिबारका दिन राति पौने १२ बजे सुरु हुनेछ ।