Logo

बाढी पहिरो पीडितलाई उचित प्रबन्ध गर्न राजपाको माग



काठमाडौँ, २० असार / राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बाढी पहिरोमा आफन्त गुमाएका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

राजपा नेपालले आज एक विज्ञप्तिमार्फत बाढी र पहिरो सम्भावित जोखिमयुक्त जिल्लालाई उच्च निगरानीमा राखी आपत्कालीन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्लाई सक्रिय गर्न समेत माग गरेको छ ।

“केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी भएको व्यापक जनधनको क्षतिप्रति राजपा नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । यसमा सरकारको उदासीनता र अपर्याप्त राहत व्यवस्थाप्रति गम्भीर आपत्ति व्यक्त गर्दछौँ,” – विज्ञप्तिमा भनिएको छ ।

जारी विज्ञप्तिमा राजपा नेपालका संयोजक महन्थ ठाकुरले बाढी र पहिरोमा परी ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जलि प्रकट गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्