Logo

बेलायती माहारानीको काजक्रियाबारे पूर्व–अभ्यास



काठमाडौं बेलायतकी महारानी एलिजाबेथ द्वितीय बिरामी भएपछि त्यहाँको सरकारले महारानीको मृत्युपछि शोक कसरी मनाउने भन्नेबारे रिहर्सल गरेको छ। समाचारमा बताइएअनुसार महारानीको मृत्यु पछि १० दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

केही दिनअघि ९२ वर्षीया महारानी बिरामी भएको खबर बाहिर आएको थियो।तर, उनको स्वास्थ्यमा खासै ठूलो समस्या नरहेको बताइएको छ। गत बिहीबार महारानीले एक कार्यक्रममा सहभागी हुन नसक्ने बताएपछि यो कुरा बाहिर आएको हो। महारानी त्यसपछि भने एक कार्यक्रममा उपस्थित भएको बताइएको छ।

समाचारका अनुसार त्यहाँको सरकारले पहिलो पटक नागरिकसँग शोकबारे छलफल गरेको हो। गत वर्ष मात्र महारानी एलिजाबेथले २९६ वटा कार्यक्रममा सहभागी भएको बताइएको छ। महारानीको मृत्युपछि गरिने सम्पूर्ण गतिविधिबारे यसभन्दा अघि मिडियामा एक रिर्पोट प्रकाशित भएको थियो।

समाचारका अनुसार महारानीको मृत्युपछि गरिने काजक्रियाबारे तय भइसकेको छ। महारानीको मृत्युको खबर त्यहाँको बकिंघम दरवारमा सूचना टाँसी मिडियालाई पनि जानकारी गराइनेछ।

एजेन्सिको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot