Logo

पूर्ननिर्माणका सिईओ भुसाल बालुवाटारबाट यसरी विदा भए



काठमाडौं, २१ असार । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका सिईओ युवराज भुसाल आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर विदाबारी भएका छन् ।

सिईओ भुसालसहितको टोली पुनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठकमा सहभागी हुन आज विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । तर, भुसाललाई बालुवाटारका कर्मचारीहरुले तपाईलाई त सरकारले हटाउने निर्णय हिजो नै गरिसक्यो त भनेर जवाफ दिएका थिए ।

स्रोतका अनुसार भुसालले प्रधानमन्त्री ओलीलाई भेटेर नै विदा भएका थिए । ओलीले भुसालसँगको भेटमा मुस्कुराउँदै यतिञ्जेलसम्म राम्रो काम गर्नुभयो अब घर जानुहोस् भनेका थिए । भुसालले पनि आफूले झण्डै ९ महिना प्राधिकरणमा रहेर काम गर्ने मौका पाएको सुनाउँदै आगामी दिनमा पूनः आवश्यक आफूलार्य सम्झलन आग्रह गरेको पनि स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्