Logo

महन्थ ठाकुरसँग राजेन्द्र महतो भिड्ने !



काठमाडौं, २१ असार । राजपा नेपालको राजनीतिक समितिको बैठकमा पार्टीको संसदीय दलको नेता को बन्ने भन्नेबारे चर्को विवाद उत्पन्न भएको छ ।

पार्टी कार्यालयमा आज बसेको बैठकमा दलको नेता अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई बनाउने छलफल चलिरहँदा अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोले आफू पनि प्रत्यासी रहेको भन्दै कडा चूनौति दिए ।

आजको बैठकले दलको नेता चयन गर्न मिति समेत तय गर्ने तयारी भैसकेको राजपाका महासचिव मनिष सुमनले जानकारी दिए । उनले भने,‘दलको नेता चयन गर्न निर्वाचनको मिति तय गर्ने र आजै विधान पारित हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्